जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया « Khabarhub

जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदन अस्पष्ट रहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ ।

एमाले सचिव प्रदीवकुमार ज्ञवालीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले घटनालाई अर्कोतर्फ मोड्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नो नागरिक बेपत्ता पारेको जस्तो संवेदनशील विषयमा सरकारले आपत्ति जनाउने र कूटनीतिक पहल गर्न पनि नसक्ने लाचारी प्रदर्शन गरेको बताएका छन् ।

गत साउन १५ गते दार्चुलाका धामी तुइनबाट महाकाली नदी पार गर्नेक्रममा एसएसबीले डोरी काटेपछि बेपत्ता भएका थिए । सो विषयमा सरकारले गठन गरेको छानबनि समितिले प्रतिवेदन बुझाउँदै एसएसबीको उपस्थितिमा घटना भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ६ : ४० बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ