‘नेपाल भ्लग च्यालेन्ज’ घोषणा, विजेतालाई १० लाख रुपैयाँ पुरस्कार  « Khabarhub

‘नेपाल भ्लग च्यालेन्ज’ घोषणा, विजेतालाई १० लाख रुपैयाँ पुरस्कार 


१७ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– विश्व भ्लग च्यालेन्जमा नेपालको प्रतिनिधित्व गर्ने उद्देश्यसहित ‘नेपालमा भ्लग च्यालेन्ज’ घोषणा भएको छ । आयोजकले विजेता भ्लगका लागि १० लाख रुपैयाँ राशिको पुरस्कार समेत घोषणा गरेको छ ।

विजेताले विश्वाका १० ख्यातिप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसँग सगरमाथा आधार शिविरमा साहासिक पदयात्रा गर्न पाउने जनाइएको छ ।

उक्त प्रतिस्पर्धाको निर्णायकमा निश्चल बस्नेत, सिसन बानियाँ, गिरिश खतिवडा, मिलन थापा र रोहित शाक्य रहने छन् ।

निर्णायक मण्डलले सात वटै प्रदेशबाट फाइनालिष्ट भ्लगको छनोट गर्ने जनाइएको छ । जसमध्ये एउटा भ्लगलाई अनलाइन मतदानको माध्यमबाट सर्वोत्कृष्ट चयन गरी विजेता घोषित गरिने छ ।

सर्वोत्कृष्ट हुने भ्लगले १० लाख रुपैंयाको नगद पुरस्कार जित्नुका साथै ‘विश्व भ्लग प्रतिस्पर्धा’का लागि सहभागी हुने टिकट समेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिन इच्छुक चलचित्र निर्माताहरुका लागि आयोजकले आफ्नो भिडियोहरु वेवसाइटमार्फत पठाउन सकिने जनाएको छ ।

प्रतियोगिताको विजेता बन्नेले अष्ट्रेलिया, कोलम्बिया, मेक्सिको, फिलिपिन्स, थाइल्याण्ड र अमेरिका सहितका १० ख्यातीप्राप्त चलचित्र निर्माता तथा भ्लगर्सहरुसँग सगरमाथाको  आधार शिविरमा साहासिक पदयात्राका निम्ति प्रस्थान गर्न पाउने छ ।

सगरमाथामा किर्तिमानी २५ पटक पाइला टेक्ने विश्वप्रसिद्ध आरोही कामी रिता शेर्पाले पदयात्राका लागि मुख्य तालिम—प्रशिक्षक (हेड कोच) गर्ने जनाइएको छ ।

यसैगरी मिङ्मा शेर्पाले पदयात्रा टोलीको नेतृत्व गर्नेछन् । यस पदयात्रामार्फत् ती चलचित्र निर्माताहरु हिमालयको आवाज बन्ने अपेक्षा गरिएको छ । यसले नेपालको सुन्दरता, यहाँका मानिस, खानापिन र संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

चलचित्र निर्माता/भ्लगर्सहरुको सूची

१. श्री नाथन बार्टलिंग, थाइल्याण्ड (१ करोड फलोअर्स)
२. श्री एलेक्स टिन्डा, मेक्सिको, (३० लाख फलोअर्स)
३. श्री विल दासोभिच, फिलिपिन्स (२० लाख)
४. श्रीमती वानलापा टि. बार्टलिंग, थाइल्याण्ड, (३८ लाख)
५. श्री जुआन भेलेज, कोलम्बिया, ११ लाख
६. बेन थ्याम्स काल्सेभिक, अष्ट्रेलिया, ६ लाख
७. श्री क्रेइग अडाम्स्, अमेरिका, ६ लाख
८. स्टिल डेभिस्, अमेरिका, ४ लाख
९. भारत (प्रतिस्पर्धा विजेता)
१०. नेपाल (प्रतिस्पर्धा विजेता)

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार  ९ : ४२ बजे

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर

सरकारलाई गगन थापाका पाँच प्रश्न : नागरिकको जनजीविकामा गम्भीरता खै ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न

ओलीलाई सुब्बाले भने : एमाले कुनै व्यक्तिको निजी कम्पनी होइन

काठमाडौं – नेकपा एमालेभित्र नेतृत्वबारे गम्भीर बहस चर्किएको छ। पार्टीको

पृथ्वी र विष्णुको कुरा सुनेर केपी ओली ट्वाँ

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई दरिलो

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान