‘रंगीला’मा जेकीको ‘गञ्जी’ लगाएर नाचेकी थिइन् उर्मिला « Khabarhub

‘रंगीला’मा जेकीको ‘गञ्जी’ लगाएर नाचेकी थिइन् उर्मिला


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेत्री उर्मिला मातोडकरले बलिउडमा कैयौं फिल्ममा अभिनय गरिन् । तर २६ वर्ष पछि पनि उनलाई उनको सुपरहिट फिल्म ‘रंगीला’का लागि ‘रंगीला गर्ल’का रुपमा चिनिन्छ । यो फिल्ममा उर्मिलाको अभिनय र उनको सौन्दर्यताले दर्शकको हृदयमा गहिरो छाप छोडेको छ । हालैमात्र उर्मिलाले जी कमेडी शोमा यो फिल्मसँग जोडिएको एक किस्साको खुलासा गरेकी छन् ।

उर्मिलाका अनुसार यो फिल्मको गीत ‘तन्हा तन्हा’मा उनले अभिनेता जेकी श्राफको ‘गञ्जी’ लगाएकी थिइन् । ‘यो सिक्वेन्स युनिक बनाउनुथियो र हामीले सोचेर अथवा अध्ययन गरेर यसमा केही नयाँ गर्न निषेध गरिएको थियो । हामीले यसलाई नेचुरल बनाउनु थियो । हामीलाई गीतको लागि चाहिने पहिरनको कुरा हुँदा जेकीले मलाई आफ्नो गञ्जी लगाउनु भनेका थिए’, उर्मिलाले भनेकी छन् ।

उर्मिलाले आफूले अप्ठ्यारो मान्दै जेकीको ‘गञ्जी’ लगाएको बताएकी छन् । ‘मैले उसको गञ्जी लगाएँ र सबै कुरा भगवानलाई छोडिदिएँ । त्यो गीतबाट मैले धेरै माया पाएँ’, उर्मिलाले खुलाएकी छन् ।

यो गीतमा उर्मिला एक लामो गञ्जी लगाएर समुन्द्रको किनारमा स्लो मोसनमा दौडिएकी छन् । उनको यो ग्ल्यामरस लुक्स निकै कमालको देखिएको थियो । गीतमा उनको पहिरन निकै नेचुरल बनाइएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : ५५ बजे

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका

बाढीपीडितलाई नन्दप्रसाद जानुका फाउन्डेसन र इनास यूकेको राहत

रसुवा- नन्दप्रसाद जानुका फाउन्डेसन र अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली