नागा र सामन्थाद्वारा अलग्गिने घोषणा « Khabarhub

नागा र सामन्थाद्वारा अलग्गिने घोषणा


१६ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय फिल्मकी अभिनेत्री सामन्था अक्किनेनी र अभिनेता नागा चैतन्यले अलग्गिने घोषणा गरेका छन् । करिब दुई महिना यतादेखि यी दुईबीच डिभोर्सको हल्ला चलिरहँदा उनीहरुले शनिबार यो कुराको पुष्टि गरेका हुन् । उनीहरुले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै अलग्गिने घोषणा गरेका हुन् ।

‘हाम्रो सबै शुभचिन्तकका लागि । निकै सोचेर र चैतन्यसँग विमर्शपछि मैले आफ्नो पतिबाट अलग हुने निर्णय लिएकी छु । हामीले आफ्नो करियरलाई सही बाटोमा ल्याउनका लागि यो निर्णय लिएका हौं । हामी खुशी छौं कि हामी करिब १० वर्षदेखि एकअर्काको साथी भयौं । यो साथीत्व हाम्रो सम्बन्धको आधार थियो । यो हाम्रो जिन्दगीभर रहिरहनेछ । हामी आफ्नो चाहनेवाला, शुभचिन्तक र मिडियासँग अपिल गर्दछौं कि हामीलाई यो समस्याग्रस्त अवस्थामा सहयोग गर्नुहोला । हामीलाई हाम्रो गोपनियता दिनुहोला ताकि हामी अगाडि बढ्न सकौं । तपाईंहरुको मायाका लागि धन्यवाद’, सामन्थाले लेखेकी छन् ।

सामन्थाका पति नागाले पनि सामाजिक सञ्जालमा लेखेका छन् । यी दुवैको पोस्ट पछि लामो समयदेखि चलिरहेको अफवाह सही साबित भएको छ ।

अभिनेत्री सामन्थाले आफैं आफूहरुको सम्बन्धमा तनाव सिर्जना भएको जानकारी फ्यानलाई दिएकी थिइन् । केही महिना अघि अभिनेत्रीले आफ्नो सामाजिक सञ्जालको हेण्डलबाट ‘अक्किनेनी’ हटाएर ‘एस’ मात्र लेखेकी थिइन् । जसकारण सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मच्चिएको थियो । यो समयमा सामन्थाले नागासँग सम्बन्धविच्छेद गर्न लागेको चर्चा चलेको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ४ : ३७ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ