मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले « Khabarhub

मुख्यमन्त्री बनिनसक्दै केक काटेर, बियर उडाएर उत्सव मनाए राईले


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका राजेन्द्र राईले केक काट्दै वियरसहितको पार्टी दिएका छन् ।

पाँच दलीय गठबन्धन नेपाली काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि राईले पार्टी दिएका हुन् ।

इटहरीको एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका हुन् । उनले केक काट्दै गरेको भिडियो ४ मिनेट २७ सेकेण्डको छ । त्यहाँ उनले केक काटेर बियर उडाएका छन् ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिवसमेत रहेका राईले मुख्यमन्त्री बनिनक्दै च्याम्पियन फोडेर खुसीयाली मनाएका हुन् ।

सामाजिक सञ्जालमा राखिएको भिडियोमा उनले च्याम्पियन फोडेको पनि देख्न सकिन्छ । तर उक्त भिडियो केही समयमै डिलिट गरिएको छ ।

प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आज राजीनामा दिएका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् ।

विशेष स्रोतबाट प्राप्त भिडियोमा यो विषयमा सार्वजनिक नगर्नु भन्न सम्म भ्याएका छन् । न्यूज कारखानाबाट

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ४२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको