गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी « Khabarhub

गुठी विधेयक अगाडि बढाउने सरकारको तयारी


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गुठी विधेयक अघि बढाउने बताएकी छन् ।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले सरोकारवाला सबैलाई समेटेर विधेयक अगाडि बढाउने बताएकी हुन् ।

गुठीमा देखिएका समस्या र विकृति समाधानका लागि ऐन आवश्यक भएको उनको भनाइ थियो ।

उनले अघिल्लो सरकारले ल्याएको गुठी विधेयकको उद्देश्य राम्रो भए पनि सबै समस्यालाई मिलाउँदा समस्या भएको र फिर्ता लिनुपरेको बताइन् ।

‘सरोकारवालासँग छलफल गरेर गएको भए गुठी विधेयकमा समस्या आउँदैनथ्यो कि ?’ उनले भनिन्, ‘हामी समन्वय गरेर अघि बढ्छौ । गुठी विधेयकको उद्देश्य राम्रो थियो । तर एकै ठाउँमा सोलोडोलो सबै समस्यालाई मिसाउँदा विवादमा पर्योौ ।’

हिजो आफू राज्य व्यवस्था समितिमा हुँदा मन्त्रीहरूलाई गुठीका बारेमा प्रश्न गर्ने गरेको भन्दै श्रेष्ठले थपिन, ‘आज म त्यहीँ मन्त्री छु । म गर्ने ठाउँमा छु । सबै प्रयत्न गर्छु ।’

आफू गुठीको समस्यामा केन्द्रीत रहेको र सरोकारवालासँग छलफल गरिरहेको पनि उनले जानकारी गराइन् । यसका लागि आफूले पूर्वमन्त्रीहरु, पूर्वसचिवहरू, डिजीहरूसँग छलफल गरिरहेको र एउटा रोडम्याप तयार पारेर अघि बढ्ने बताइन् । ‘राम्रो काम जसले गरेको छ, स्वामित्व लिएर जान्छु,’ उनले भनिन् । यद्पि अहिले संसद अधिवेशन छैन ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ३८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको