सडक विभागले पोखरामा २६ स्थानमा ट्राफिक लाईट राख्दै « Khabarhub

सडक विभागले पोखरामा २६ स्थानमा ट्राफिक लाईट राख्दै


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा-  सडक विभागले पोखराका विभिन्न २६ स्थानमा ट्राफिक बत्ती राख्ने भएको छ । पहिलो चरणमा मुख्य ११ स्थान (चोक)मा र दोश्रो चरणमा थप १५ स्थानमा बत्ती राख्न लागेको हो ।

विभागले एक वर्षअघि पहिलो चरणको बत्ती राख्नेगरी अध्ययन गरेको थियो । यही क्रममा केही महिनाअघि महेन्द्रपुलमा बत्ती राखिएको हो । तर सडक राम्रो नभएकोले प्रयोगमा आएको छैन ।

यही वर्ष पृथ्वीचोक, सभागृहचोक, बिपी चोक, बिरौटा चोक, अमरसिंह चोक, जिरो किलोमिटर, हल्लनचोक, सिर्जनाचोक र राष्ट्र बैंक चोकमा बत्ती राखिने महानगरपालिकाले जनाएको छ ।

प्रत्येक चोकमा बत्ती राख्न २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पहिलो चरणमा तीन करोड लागत अनुमान गरिएको छ । ‘पहिलेको अध्ययनमा २२ लाख लाग्ने अनुमान थियो । अहिले लेटेस्ट भर्सनको बत्ती राख्ने योजना छ । त्यसैले लागत बढेको हो,’ पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले भने, ‘यहीँ वर्ष टेण्डर निकालेर काम सक्ने कुरा छ ।’

उनका अनुसार थप १५ वटा चोकमा पनि अध्ययन सुरू भएको छ । सडक बत्ती राख्न महानगर र सडक विभागबीच छलफल भएको छ ।

२०५८ सालमा सडक बत्ती राखिए पनि विभिन्न आन्दोलनमा बत्ती फुटाइयो । त्यसपछि बत्ती राखिएको छैन । अन्तर्राष्ट्रिय सहर पोखरामा सडक व्यवस्थापन राम्रो छैन । दैनिक ट्राफिक चाप बढ्दै गएको छ ।

दुई वर्षअघि यहाँका चोकहरूको आइल्याण्ड घटाइएको थियो । चोकमा भएका शालिकलाई विभुति पार्क बनाएर सारिएको छ । ट्राफिक लाईटसँगै विद्युत प्राधिकरणले पोखरामा स्मार्ट बत्ती राख्ने टेण्डर निकालेको छ । ८० किलोमिटर सडकमा स्मार्ट बत्ती राख्ने तयारी गरेको हो ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  २ : २४ बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न