ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध « Khabarhub

ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग राजमार्ग अवरुद्ध


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डडेल्धुरा जोड्ने केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो उक्त राजमार्गको रडुवामा ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

गत असोज अन्तिम साताको अविरल वर्षाका कारण आएको बाढीपहिराले उक्त राजमार्गको रडुवा खोलामा पहिरो आउँदा सडक पूर्णरुपमा बगाएको थियो ।

बगाएको सडक लामो प्रयासपछि निर्माण गरी एकतर्फी रुपमा मात्रै गाडी सञ्चालन भइरहेकामा आज  ट्याङ्कर फसेपछि राजमार्ग अवरुद्ध भएको हो ।पहाडी जिल्लाका लागि इन्धन बोकेर आएको ट्याङ्कर फसेको हो ।

ट्याङ्कर फसेपछि अहिले उक्त राजमार्गमा तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेका सयौँ सवारी साधन तथा यात्रु अलपत्रमा परेका बताइएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ३ : १२ बजे

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।