केपी ओलीले गरे माडी अयोध्याधामस्थित राम मन्दिरको दर्शन « Khabarhub

केपी ओलीले गरे माडी अयोध्याधामस्थित राम मन्दिरको दर्शन


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गरेका छन् । ओलीले मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गरेका हुन् ।

माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक ओलीले स्थलगत अवलोकन गरेका हुन् । अयोध्याधाममा ओलीलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका छन् ।

दुई दिने विभिन्न कार्यक्रममा सहभागी हुन ओली सोमबार चितवन आएका थिए ।  प्रधानमन्त्री भएका बेला ओलीले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।

माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र हो । प्रचण्डले भने ओलीले आफूलाई प्रहार गर्नकै लागि माडीमा राम मन्दिर बनाएर मूर्ति स्थापना गर्न लगाएको आरोप लगाउने गरेका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : १० बजे

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण

नेपालको विनाशकारी बाढीपछि भारतको राहत तथा उद्धार सहयोग तीव्र

काठमाडौं– भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न