तिहारमा लोडसेडिङ नहुने | Khabarhub Khabarhub

तिहारमा लोडसेडिङ नहुने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ ।

प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताए ।

लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उनले बताए । उनले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाटमाथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जनाए ।

उनले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप विद्युतीकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको बताए ।

त्यस्तै उनले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिए । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगायतका आयोजना बढाउने क्रममा रहेको उनले जानकारी दिए ।

उनले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको पनि धारणा राखे ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ३२ बजे

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

एजेन्सी – हङकङ र सिङ्गापुरमा बिक्री प्रतिबन्ध लागेको भारतीय दुई

इलाममा ६८ प्रतिशत मतदान

इलाम – इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि