राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार « Khabarhub

राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौँमा हुनेछ ।

महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । मंगलबार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो ।

विशेषगरी सो भेलाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा प्रकाशचन्द्र लोहनीलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ ।

सो भेलालाई सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देन र डा धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताए । राप्रपाको आगामी नेतृत्व लिन आफू तयार रहेको लिङ्देनको उद्घोष छ ।

राप्रपा र देशको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको लिङ्देनको भनाइ छ ।

एकतापछि पार्टीले गति लिने अपेक्षामाथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको भन्दै लिङ्देनले पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्ने बताए ।

डा धवलशमशेर राणाले जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न यथास्थितिको निरन्तरताभन्दा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ४८ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन