चीनबाट फर्काइएका विद्यार्थीको समस्या समाधान गर्न ७ विद्यार्थी संगठनको माग « Khabarhub

चीनबाट फर्काइएका विद्यार्थीको समस्या समाधान गर्न ७ विद्यार्थी संगठनको माग


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न सात बिद्यार्थी संगठनहरुले कोभिड–१९ महामारीका कारण चीन लगाएतका देशबाट स्वदेश फर्किएका विद्यार्थीलाई फेरि सोही स्थानमा नै गएर पढ्ने वातावरण मिलाउन सरकारसँग माग गरेका छन् ।

नेविसंघ , अखिल क्रान्तिकारी, माधव नेपाल निकट अनेरास्ववियुलगायतका संगठनले मंगलबार परराष्ट्रमन्त्री नारायण खड्कालाई ज्ञापन बुझाउदै कोरोनाका कारण सयौं संख्याका विद्यार्थी अलपत्र भएको र अव पुनः चीनलगायतका अन्य देशमा गएर अध्ययन गर्ने वातावरण मिलाउन माग गरेका हुन् । पुनः चीनलगायतका देशमा फर्किएर अध्ययन गर्ने वातावरण नबन्दा विद्यार्थीहरूको शैक्षिक भविष्य अन्योलमा परेको भन्दै यसका लागि पहल गर्न उनीहरूले आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले उच्च शिक्षा अध्ययनका लागि अभिभावकले गरेको करौडौँ लगानी खेर जाने अवस्था रहेको र विद्यार्थीको भविष्य पनि अन्योलमा रहेको भन्दै कुटनीतिक पहलमार्फत विद्यार्थी पठाउने व्यवस्था गर्न आग्रह गरिन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री खड्काले सम्बन्धित निकायमा यस बिषयमा छलफल सुरु गरिसकेको भन्दै अन्य पहल गर्ने आश्वासन दिए । उनले यस विषयमा आफू गम्भिर रहेको बताए ।

विद्यार्थी संगठनहरुले प्राविधिक बिषयहरुको अध्ययन अनलाइनबाट सम्भव नहुने भएकाले विद्यार्थीहरुको गुनासो छिटो भन्दा छिटो सम्बोधन गर्न मन्त्री खड्काको ध्यानाकर्षण गराएका छन् ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ६ : ५४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन