राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै « Khabarhub

राप्रपाको चुनावी प्रक्रिया आज, अध्यक्षमा थापा र लिङ्देन भिड्दै


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज बिहीबारबाट चुनावी प्रक्रिया सुरु हुँदैछ ।

अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले एकता महाधिवेशनको बुधबार भृकुटीमण्डपमा उद्घाटन गरेका थिए ।

उद्घाटन सत्र सकिएलगत्तै भृकुटीमण्डपमा महाधिवेशनको बन्दसत्र सुरु भइसकेको र आज निर्वाचन प्रक्रिया सुरु हुने राप्रपा नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्ष, चार उपाध्यक्ष, तीन महामन्त्री निर्वाचित हुनेछन्। निर्वाचित अध्यक्षले केही पदाधिकारीसहित ५० जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रावधान राप्रपाको विधानमा छ।

निर्वाचित अध्यक्षले सातजना सहमहामन्त्री, सातजना सहायक महामन्त्री, एकजना कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र सहायक कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था विधानमा छ। महाधिवेशनमा देशभरिबाट करिब ४२ सय महाधिवेशन प्रतिनिधि सहभागी छन्। उनीहरुले मतदान गर्न पाउनेछन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ७ : ५८ बजे

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई