कांग्रेस कर्णाली : पौडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदरवारी, देउवा पक्षबाट को-को छन् आंकाक्षी ? « Khabarhub

कांग्रेस कर्णाली : पौडेल पक्षबाट भूपेन्द्रजंगको उम्मेदरवारी, देउवा पक्षबाट को-को छन् आंकाक्षी ?


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाली कांग्रेस कर्णाली प्रदेश सभापतिमा संस्थापनइतर (रामचन्द्र पौडेल) समूहबाट भूपेन्द्रजंग शाही उम्मेदवार हुने भएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । भोलि मनोनयन र पर्सी मतदानको कार्यतालिका छ ।

तरुण दलका केन्द्रीय महामन्त्री भइसकेका शाही यसपटक प्रथम प्रदेश अधिवेशनबाट सभापतिमा भिड्न लागेका हुन् ।

शाहीले कांग्रेस रुपान्तरणका लागि ३० बुँदे प्रस्ताव पेस गरेका छन् ।

संस्थापन पक्षबाट को-को आकांक्षी ?

संस्थापन (शेरबहादुर देउवा) पक्षबाट कर्णाली प्रदेश सभापतिमा तीन जना आकांक्षी छन् । जुम्लाबाट ललितजंग शाही, जाजरकोटबाट राजिवविक्रम शाह र कालिकोटबाट कालीबहादुर सहकारी सभापतिको उम्मेदवारका लागि लविङमा छन् । शाही र शाह तत्कालीन संविधानसभा सदस्य हुन् भने सहकारी कालिकोट जिल्ला पूर्वसभापति हुन् ।

तीन जनामध्ये टिमभित्रबाट निर्विरोध छनोटका लागि नेताहरुले छलफल जारी राखेका छन् । छलफलबाट कुनै टुंगो नलागेमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीलाई सभापति उम्मेदवार बनाउने तयारी भएको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ९ : ०६ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती