उदयपुरमा मतदाता नामावली संकलन अभियान भोलिदेखि « Khabarhub

उदयपुरमा मतदाता नामावली संकलन अभियान भोलिदेखि


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला निर्वाचन कार्यालय उदयपुरले मतदाता नामावली संलकन अभियान सञ्चालन गर्ने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख हिमालय बरालका अनुसार १७ मंसिरदेखि १८ पुससम्म अभियान सञ्चालन हुनेछ ।

पहिलो चरणमा १७ मंसिर देखि २ पुससम्म लिम्चुङबुङ, ताप्ली र उदयपुरगढी गाउँपालिका केन्द्रमा मतदाता नामावली संकलन गरिनेछ भने दोस्राे चरणमा ४ पुसदेखि १८ पुससम्म रौतामाई गाउँपालिका, बेलका र चौदण्डीगढी नगरपालिका केन्द्रमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताए ।

मतदाता नामावलीमा १६ वर्ष उमेर पुगेका नेपाली नागरिकले नाम दर्ता गराउन सक्नेछन् । नेपाली नागरिकता प्राप्त नेपाली नागरिकताको प्रमाणपत्रको आधारमा तथा बसाईँसराई तथा बिवाह गरिएका आएकाले पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछ ।

त्रियुगा र कटारी नगरपालिकाको हकमा भने निर्वाचन कार्यालय गाईघाट जिल्ला प्रशासन कार्यालय उदयपुर र इलाका प्रशासन कार्यालय कटारीमा नियमित रुपमा मतदाता नामावली संकलन भएर रहेकाले टोली नखटाएको बताएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : ०० बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,