बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोना खोप | Khabarhub Khabarhub

बागमती प्रदेशमा ६८ प्रतिशतले लगाए कोरोना खोप


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएको छ । यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउने बाँकी रहेको छ । पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप लगाउनेको सङ्ख्या बढेको हो । प्रदेशमा अहिले पनि सात लाख ८३ हजार ३१ जनाले खोप लगाउन बाँकी रहेको बताइएको छ । कोरोना सङ्क्रमणविरुद्ध कोभिशिल्ड, भेरोसेल, एस्ट्राजोनिक र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

यसैबीच मकवानपुर जिल्लामा कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा रहेको जनस्वास्थ्य कार्यालयले मकवानपुरले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा ५९ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको छ । तीमध्ये सबैभन्दा बढी हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत रहेका छन् । ग्रामीण तथा दुर्गम पहाडी क्षेत्रमा २४ देखि ३० प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा ५९ प्रतिशतले एक पटक र ५१ प्रतिशतले पूर्ण खोप लगाएको कार्यालयले जनाएको छ ।

जिल्लामा १८ वर्षमाथिका तीन लाख चार हजार ६४७ जनसङ्ख्या रहेको र चालु आर्थिक वर्षमा सबैलाई कोरोनाविरुद्धको खोप दिने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरे बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  १० : ५५ बजे

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास

काठमाडौं– सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै