नेपाली कांग्रेसमा हालसम्म डेढ लाख पदमा नयाँ नेतृत्व « Khabarhub

नेपाली कांग्रेसमा हालसम्म डेढ लाख पदमा नयाँ नेतृत्व


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवशेन अन्तर्गत हालसम्म करिब डेढ लाख पदमा नयाँ नेतृत्व चयन भएको छ ।

वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्र र जिल्ला तथा क्षेत्रीय, प्रदेश र केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत गरी अहिलेसम्म डेढ लाख पदमा नेतृत्व चयनको काम पुरा भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनका अनुसार तीमध्ये ९४ प्रतिशत पदमा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ । ६ प्रतिशत पदमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको छ । यो संख्या अझै बढेर जाने उनले बताए ।

हालसम्म १ लाख ४१ हजार ४२ पदमा सर्वसम्मतबाट र ८ हजार ४७४ पदमा चुनावी प्रतिस्प्रर्धाबाट नयाँ नेतृत्व चयन भएको उनले बताए । नेतृत्वमा पुगेकामध्ये ६८ हजार ८३२ जना खसआर्य समुदायका छन् भने थारु समुदायबाट ५ हजार ८ सय २७ जना नेतृत्वमा आएका छन् ।

यसैगरी अपांगता भएका १ हजार ८ सय ६४ जना, आदिवासी तथा जनजाति समुदायका ४१ हजार २ सय ५६ जना रहेको उनले बताए ।

त्यस्तै ४३ हजार ३५७ जना महिलाहरु पनि नेतृत्वमा पुगेका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  २ : ५० बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध