यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ « Khabarhub

यूरेनियम जस्तो देखिने टल्किने पदार्थसहित ३ जना पक्राउ


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगरस्थित गेष्ट हाउसबाट १ किलो २ सय ग्राम यूरेनियम जस्तो देखिने टल्किने पदार्थ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौँ मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-६ घर भएका ३१ वर्षीय प्रदिप घिमिरे, काठमाडौँ मनमैजु बस्ने नुवाकोट बिदुर नगरपालिका-२ घर भएका ३१ वर्षीय राजेन्द्र परियार र काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ बस्ने ३६ वर्षीय रंजित कार्की छन् ।

गेष्ट हाउसमा युरेनियम जस्तो देखिने टल्किने पदार्थको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उक्त पदार्थ प्रति किलो २ करोडका दरले किनबेच हुन लागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त बालाजु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ०६ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि