राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल « Khabarhub

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानल


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् ।

बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको आफ्नो प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिने नेताहरूको नाम टुंग्याएका हुन् ।

लिङ्देनको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विक्रम पाण्डे, उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी महामन्त्रीमा डा. धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने गरी लिङ्देनले नाम टुंग्याएका राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिको विवाद नटुंगिएकाले शुक्रबार मनोनयन दर्ता हुने भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ५ : ५५ बजे

आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू हुँदै

काठमाडौं- सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि लागू

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिसविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बिहीबार भएको नयाँ प्रधान न्यायाधीश

नयाँ प्रधानन्यायाीश छान्दा उपसभामुख ठाकुरले बालेनलाई साथ दिएपछि बिच्किए हर्क

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बिहीबार बसेको संवैधानिक

नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन निर्देशन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन–संकलनलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं- सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू भएको छ। शुक्रबार बिहान साढे