कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा अकांक्षी « Khabarhub

कांग्रेस प्रदेश १ अधिवेशन : सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा अकांक्षी


१६ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- देशको जेठो पार्टी नेपाली कांग्रेसले १४औं महाधिवेशनबाट संघीयताको अभ्यास गर्दैछ ।

आफ्नै नेतृत्वको सरकारले बनाएको संविधानको ६ वर्षपछि मात्र कांग्रेसले पार्टीको प्रदेश संरचना निर्माण गर्न लागेको हो ।

जसअन्तर्गत प्रदेश १ मा शुक्रबार अधिवेशन उद्घाटन हुँदैछ । प्रदेश १ को राजधानी विराटनगरमा शुक्रबार अधिवेशन उद्घाटन हुने भएको कांग्रेसले जनाएको छ ।

प्रदेश १ का लागि कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे र झापाको कांग्रेस राजनीतिमा स्थापित उद्धव थापाले उम्मेदवारी घोषणा गरेका छन् ।

कांग्रेस महामन्त्री डा. शशांक कोइराला निकट घिमिरेलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको सहयोग छ । यस्तै, झापाका थापा पार्टी नेता कृष्णप्रसाद सिटौलानिकट हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहको पनि साथ रहेको छ ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको सभापति भएर काम गरेका घिमिरे कांग्रेसका बौद्धिक नेता हुन् । लामो समय विद्यार्थी राजनीतिमा खारिएका घिमिरे दुई कार्यकाल केन्द्रीय सदस्य भए । अहिलेका उनी केन्द्रीय कार्यसमिति सदस्य हुन् । उनका समकालीन युवा केन्द्रीय सदस्य पार्टी केन्द्रीय समितिको पदाधिकारी दाबी गर्दै गर्दा उनी भने प्रदेश सभापतिमा दाबी गरिरहेका छन् ।

‘मैले मेरो व्यक्तिगत राजनीतिक प्रगतिलाई प्रगति ठानिनँ । पार्टीको विधानले प्रदेश संरचना भने पनि यसले मूर्त रूप पाएको छैन । हामीले शून्यबाट सुरु गर्ने हो । भूगोल भए पनि पार्टी कार्यालय छैन,’ उनी भन्छन्, ‘तर, म प्रदेश-१ लाई शून्यबाट सुरु गरेर पार्टी कसरी चलाउने भन्ने नमुना प्रस्तुत गर्न चाहन्छु ।’

घिमिरेले पार्टीको प्रदेश सभापति निर्वाचित भए पार्टी नेतृत्वले कसरी काम गर्छ भन्ने देखाउने बताए ।

‘राज्य पुनर्संरचनापछि खडा भएको प्रदेश पार्टी संरचनाका लागि नयाँ हो । यसले पार्टीको केन्द्र र स्थानीय तहलाई समन्वय गर्ने काम गर्छ । यसले संघीयतालाई जरादेखि मजबुत बनाउँछ । पार्टीको आन्तरिक जीवन लथालिङ्ग र भताभुङ्ग छ । यसलाई व्यवस्थित गर्नु छ । विधि र पद्धतिको निष्ठापूर्वक अभ्यास भएको छैन । नेतृत्व गतिशील छैन । पार्टीमा अनुशासन छैन,’ घिमिरेले भने ।

पार्टीमा न्याय र मूल्यांकन कमजोर रहेको उनले बताए । यसलाई सुधार गरेर भ्रातृ संगठन र पार्टीको अंगलाई चलायमान बनाउन जरुरी उनको भनाइ छ । यसका लागि राजनीतिक आन्दोलनबाट खारिएको नेतृत्व आवश्यक रहेको घिमिरेले बताए ।

‘लामो विद्यार्थी आन्दोलन र पार्टीमा दुई पटक केन्द्रीय सदस्य भएको अनुभवले म यसका लागि योग्य छु । पार्टी कार्यालय र पार्टी कसरी चलाउने म नमुना प्रस्तुत गर्न चाहन्छु । पार्टीका गतिविधि, कसरी हुन्छ, भ्रातृ संगठन कसरी परिचालन गर्ने, पार्टीमा युवाको आकर्षण कसरी बढाउने भन्ने देखाउन चाहन्छु म,’ उनले भने ।

यस्तै, नेपाली कांग्रेसको तल्लो तहबाट काम गर्दै झापाको दुई पटक सभापति भएका थापाले संघर्षबाट खारिएका कारण आफू प्रदेश सभापतिका लागि योग्य भएको बताए ।

उनले पार्टीमा तल्लो तहबाट काम गरेको अनुभवका आधारमा प्रदेश सभापति भएर सदुपयोग गर्ने बताए । ‘तल्लो तहको अनुभवले मलाई प्रदेश सभापति भएर काम गर्न कुनै अप्ठ्यारो हुँदैन । पार्टीमा प्रदेशको नयाँ अनुभव गर्दैछौँ । संगठनलाई र इतिहासलाई म जीवन्त राख्छु । पार्टीको इतिहास जीवन्त रह्यो भने मात्र पार्टी जीवन्त रहन्छ,’ उनले भने ।

थापाले पार्टीलाई विकास र राजनीतिमा सँगसँगै जोडेर लैजाने बताए । ‘विकास र राजनीतिलाई सँगै लिएर गए मात्र हामीले राजनीतिमा सफलता प्राप्त गर्न सक्छौँ,’ उनले भने, ‘यसो गरेमा पार्टी सफल बन्छ । किन भने जनता विकासमा जोडिएका छन् । जनता विकास चाहन्छन् । पार्टीको माध्यमबाट जनतालाई विकास दिनसक्नुपर्छ ।’

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार  ८ : ५० बजे

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र

सिंहदरबारभित्र बस्दै राष्ट्रिय सभाको बैठक, यस्तो छ तयारी (तस्बिरहरू)

काठमाडौं– भाद्र २४ गतेको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय