प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः त्रिविलाई हराउँदै चितवन फाइनलमा « Khabarhub

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोटः त्रिविलाई हराउँदै चितवन फाइनलमा


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको त्रिविले ४० ओभरमा सबै खेलाडी गुमाउँदै १४६ रन बनाएको थियो । त्रिविका लागि पृथु बाँस्कोटाले २८ तथा सुसान्त तिमिल्सिनाले २१ रन बनाएका थिए । बलिङतर्फ चितवनका दीपेश श्रेष्ठ, दिवस आचार्य र प्रशान्त महतले दुई–दुई विकेट लिए ।

जितका लागि १४७ रनको लक्ष्य चितवनले ३५ दशमलव पाँच ओभरमा सात विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रोविन शर्माले २८, विकलकुमार गुप्ताले २२, सङ्घर्ष पौडेलले २०, आकाश थापाले १९ तथा अजित भण्डारीले १७ रन बनाए । बलिङतर्फ त्रिविका लागि आयुश बानियाँले दुई विकेट लिए ।

यस्तै शनिबार नै अर्को खेलमा मवकानपुरले भक्तपुरलाई छ विकेटले हरायो । त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३५ दशमलव दुई ओभरमा १३६ रन बनायो । धिरज अधिकारीले ३६, प्रशान्त पण्डितले २९, अदित सुवेदीले १४ र कृष कार्कीले १९ रन बनाए । बलिङतर्फ मकवानपुरका लागि रिजन ढकालले तीन तथा पियुष शर्मा र विशाल फुँयालले दुई–दुई विकेट लिए ।

एक सय ३७ रनको विजय लक्ष्य मवकानपुरले २८ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि तक्षक सिम्खडाले ६४ तथा विशाल फुँयालले २२ रन बनाउनुभयो । बलिङतर्फ भक्तपुरका सुवास खत्री र सुसान श्रेष्ठले दुई–दुई विकेट लिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : ५५ बजे

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि