कीर्तिमानी आरोही शेर्पाले हस्तानान्तरण गरे स्वास्थ्य चौकी भवन « Khabarhub

कीर्तिमानी आरोही शेर्पाले हस्तानान्तरण गरे स्वास्थ्य चौकी भवन


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १४ पटक सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले स्वास्थ्य चौकी भवन निर्माण गरी गाउँलेलाई हस्तानान्तरण गरेका छन् ।

शनिबार काठमाडौँमा आयोजित एक समारोहबीच स्वास्थ्य चौकी भवन हस्तान्तरण गरेका हुन् । माउण्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ दोलखाको २० औं वार्षिकोत्सवको अवसर पारी आरोही शेर्पाले निर्माण सम्पन्न सो भवन अबदेखि क्लबकै संरक्षण र रेखदेखमा रहने गरी गाउँलेलाई नै हस्तान्तरण गरेका हुन् ।

सरस्वती नगरस्थित क्लबको सभाहलमा भवन हस्तान्तरण गर्दैगर्दा शेर्पाले समयमै उपचार नपाई बितेका आफ्ना बुवा र गाउँले आमाबुवाको स्मरणमा आफूले उक्त भवन निर्माण गरेको बताए ।

“सन् २००४ मा मेरो बुवा खुट्टा सम्बन्धी रोगले बित्नुभयो । सुरुमा उहाँको के रोग हो, गाउँमा कसैले थाहा पाएनन् । जब एक्कासी गाह्रो साह्रो भयो, उहाँलाई हेलिकप्टरमा काठमाडौँको हस्पिटल ल्याइयो र त्यहीँ मृत्यु भयो । त्यतिबेला म सानै थिँए । यदी गाउँमै एउटा स्वास्थ्य चौकी, एउटा डाक्टर र नर्स भएको भए, उहाँको रोग के हो थाहा हुन्थ्यो, रोगै पत्ता नलागेपनि तुरुन्तै काठमाडौँ जानु भन्ने सल्लाह मिल्थ्यो । मेरो बुवाको ज्यान बच्न सक्थ्यो,” भावुक हुँदै उनले भने ।

अब गाउँमा उपचारकै अभावमा कसैले अनाहकमा ज्यान गुमाउन नपरोस भनेर स्वास्थ्य चौकी बनाएको उनले बताए ।

 

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ११ : ५९ बजे

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले