मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न « Khabarhub

मुक्तिनाथ विकास बैंकको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम सम्पन्न


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुक्तिनाथ विकास बैंकले आफ्नो स्थापनाको १४ वर्ष पार गरी १५औं वर्षमा प्रवेश गरेको छ ।

२०६३ पुस १९ गते कास्की, स्याङ्गजा र तनहूँ जिल्लालाई कार्यक्षेत्र बनाएर स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्यालय स्थापना गरी १ करोड ३० लाख चुक्ता पूँजीमा बैंक सञ्चालन गरिएको थियो ।

बैंक स्थापनाको अवसरमा क्षेत्रीय तथा शाखाकार्यालयमा विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ ।

यस अवसरमा विभिन्न स्थानमा रहेका ६ अनाथलय तथा वृद्धा श्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग तथा काठमाडौँ महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी बाहेकको खालीचौरमा वातावरण मैत्री हरित बगैचा निर्माणमा सहयोग गरेको छ।

No description available.

साथै, बैंकले यसै उपलक्ष्यमा कोरोनाको महामारीको विषम परिस्थितिमा डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड संचालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित प्रविधि हो ।

यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले पीओएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानीगर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियमअनुसार नै २ हजार रुपैयाँसम्मको भुक्तानीलाई बिनापिन कन्ट्याक्टलेस कार्डमार्फत पीओएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।

यसै गरी भिसा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ ।

मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाइन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मागर्ने आदि जस्ता सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : १० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग