मकवानपुरको मनहरिमा उपाध्यक्षको राजीनामा विवाद « Khabarhub

मकवानपुरको मनहरिमा उपाध्यक्षको राजीनामा विवाद

उपाध्यक्ष भन्छिन् : राजीनामा दिएकै छैन, अध्यक्ष भन्छन् : जोगाउन सकिएन


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको मनहरि गाउँपालिकामा उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएको भन्ने विषय विवादास्पद बनेको छ । अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षको राजीनामा दर्ता भएको बताए ।

उता उपाध्यक्ष विष्टले आफूले राजीनामा नगरेको बताएकी छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत देवराज चौँलागाईंले उपाध्यक्षको राजनीमापत्र प्रक्रिया अघि बढाउन तोक लागेर आएको बताए । खबरहबसँग फोनमा कुरा गर्दै उनले भने, ‘उहाँ (उपाध्यक्ष) ले अस्ति २९ गते (मंसिर) मै राजीनामा दिनुभएको रहेछ । शुक्रबार अध्यक्षज्यूको तोक लागेर आएको छ ।’

चौलागाईंले उपाध्यक्षको राजीनामाको जानकारी जिल्ला समन्वय समिति र निर्वाचन आयोगमा पठाउने तयारी भएको बताए । उनले उपाध्यक्षले राजीनामा दिएको भन्ने हल्ला केही दिनअधि नै सुनेको भए पनि आफूकहाँ शुक्रबारमात्रै आएको बताए ।

स्थानीय तहमा उपाध्यक्षले अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्ष समक्ष राजीनामा दिने संवैधानिक व्यवस्था छ ।

मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्ट ।

उपाध्यक्ष विष्टले आफूले राजीनामा नगरेको बताइन् । खबरहबसँग फोनमा कुरा गर्दै उनले भनिन्, ‘मैले राजीनामा गरेको छैन । मेराविरुद्ध षड्यन्त्र भएको छ । राजीनामा नगरी कसरी स्वीकृत भयो ?’

अध्यक्ष र उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । एक वर्षदेखि अध्यक्षसँग कामका विषयमा सामान्य विवाद रहेको उपाध्यक्ष विष्टले बताइन् ।

उनले काममा अनियमिता भएको विषयमा कुरा उठाउँदा एक कर्मचारीले अध्यक्ष र उपाध्यक्षबीच फाटो पारेको बताइन् । उनका अनुसार अध्यक्षले कर्मचारीको कुरा सुने, उपाध्यक्षलाई बेवास्ता गरे ।

विष्टले भनिन्, ‘एक जना कर्मचारीले मलाई फसाउन खोजेको थियो तर मैले कुरा सार्वजनिक गरिनँ । अध्यक्षलाई हामी दुई जना बसेर कुरा गरौँ भन्दा उहाँ मान्नुभएन ।’ उनले आफूहरूको विवादबारे पार्टीको निकायमा पनि जानकारी गराएको तर समाधानका लागि पहल नभएको बताइन् ।

अध्यक्ष उप्रेतीलाई उपाध्यक्षले राजीनामा नदिएको जिकिर गरेको विषयमा जिज्ञासा राख्दा राजीनामा नआई दर्ता नहुने बताए । उपाध्यक्षले त राजीनामा नगरेको भन्नुभयो नि त भन्ने जिज्ञासामा उप्रतीले भने, ‘उहाँ जे पनि भन्नुहुन्छ, अस्ति राजीनाम गर्नुभयो, अहिले गरेकै छैन भन्दै हिँड्नुभएको छ ।’

उप्रेतीले उपाध्यक्षले काममा असहयोग गरेको र अधिवेशनमा रुवावासी गर्ने गरेको आरोप लगाए । उनले भने, ‘उहाँलाई जोगाउन सकिएन ।’

उपाध्यक्ष विष्टले अध्यक्षले कहिल्यै पनि सहयोग नगरेको आरोप लगाइन् । उनले अध्यक्षले महिला लक्षित कार्यक्रम गर्न नदिएको, न्यायिक समितिमा एकजना कानुनी सहजर्ताबाहेक उजुरी दर्ता गर्ने कर्मचारी पनि नदिएको आरोप लगाइन् । काममा अनियमितता हुने गरेको पनि उनको आरोप छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ३९ बजे

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा