मकवानपुरको मनहरिमा उपाध्यक्षको राजीनामा विवाद | Khabarhub Khabarhub

मकवानपुरको मनहरिमा उपाध्यक्षको राजीनामा विवाद

उपाध्यक्ष भन्छिन् : राजीनामा दिएकै छैन, अध्यक्ष भन्छन् : जोगाउन सकिएन


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको मनहरि गाउँपालिकामा उपाध्यक्ष मनिला विष्टले राजीनामा दिएको भन्ने विषय विवादास्पद बनेको छ । अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षको राजीनामा दर्ता भएको बताए ।

उता उपाध्यक्ष विष्टले आफूले राजीनामा नगरेको बताएकी छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत देवराज चौँलागाईंले उपाध्यक्षको राजनीमापत्र प्रक्रिया अघि बढाउन तोक लागेर आएको बताए । खबरहबसँग फोनमा कुरा गर्दै उनले भने, ‘उहाँ (उपाध्यक्ष) ले अस्ति २९ गते (मंसिर) मै राजीनामा दिनुभएको रहेछ । शुक्रबार अध्यक्षज्यूको तोक लागेर आएको छ ।’

चौलागाईंले उपाध्यक्षको राजीनामाको जानकारी जिल्ला समन्वय समिति र निर्वाचन आयोगमा पठाउने तयारी भएको बताए । उनले उपाध्यक्षले राजीनामा दिएको भन्ने हल्ला केही दिनअधि नै सुनेको भए पनि आफूकहाँ शुक्रबारमात्रै आएको बताए ।

स्थानीय तहमा उपाध्यक्षले अध्यक्षसमक्ष र अध्यक्षले उपाध्यक्ष समक्ष राजीनामा दिने संवैधानिक व्यवस्था छ ।

मनहरि गाउँपालिका उपाध्यक्ष मनिला विष्ट ।

उपाध्यक्ष विष्टले आफूले राजीनामा नगरेको बताइन् । खबरहबसँग फोनमा कुरा गर्दै उनले भनिन्, ‘मैले राजीनामा गरेको छैन । मेराविरुद्ध षड्यन्त्र भएको छ । राजीनामा नगरी कसरी स्वीकृत भयो ?’

अध्यक्ष र उपाध्यक्ष दुवै जना तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । एक वर्षदेखि अध्यक्षसँग कामका विषयमा सामान्य विवाद रहेको उपाध्यक्ष विष्टले बताइन् ।

उनले काममा अनियमिता भएको विषयमा कुरा उठाउँदा एक कर्मचारीले अध्यक्ष र उपाध्यक्षबीच फाटो पारेको बताइन् । उनका अनुसार अध्यक्षले कर्मचारीको कुरा सुने, उपाध्यक्षलाई बेवास्ता गरे ।

विष्टले भनिन्, ‘एक जना कर्मचारीले मलाई फसाउन खोजेको थियो तर मैले कुरा सार्वजनिक गरिनँ । अध्यक्षलाई हामी दुई जना बसेर कुरा गरौँ भन्दा उहाँ मान्नुभएन ।’ उनले आफूहरूको विवादबारे पार्टीको निकायमा पनि जानकारी गराएको तर समाधानका लागि पहल नभएको बताइन् ।

अध्यक्ष उप्रेतीलाई उपाध्यक्षले राजीनामा नदिएको जिकिर गरेको विषयमा जिज्ञासा राख्दा राजीनामा नआई दर्ता नहुने बताए । उपाध्यक्षले त राजीनामा नगरेको भन्नुभयो नि त भन्ने जिज्ञासामा उप्रतीले भने, ‘उहाँ जे पनि भन्नुहुन्छ, अस्ति राजीनाम गर्नुभयो, अहिले गरेकै छैन भन्दै हिँड्नुभएको छ ।’

उप्रेतीले उपाध्यक्षले काममा असहयोग गरेको र अधिवेशनमा रुवावासी गर्ने गरेको आरोप लगाए । उनले भने, ‘उहाँलाई जोगाउन सकिएन ।’

उपाध्यक्ष विष्टले अध्यक्षले कहिल्यै पनि सहयोग नगरेको आरोप लगाइन् । उनले अध्यक्षले महिला लक्षित कार्यक्रम गर्न नदिएको, न्यायिक समितिमा एकजना कानुनी सहजर्ताबाहेक उजुरी दर्ता गर्ने कर्मचारी पनि नदिएको आरोप लगाइन् । काममा अनियमितता हुने गरेको पनि उनको आरोप छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ३ : ३९ बजे

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ