चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री (भिडियोसहित) | Khabarhub Khabarhub

चुनाव तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री (भिडियोसहित)


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमै चुनाव हुनेमा ढुक्क हुन आग्रह गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले चुनाव नहोला कि भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरेका हुन।

‘वैशाखमा प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन्छ। कतिपयले भ्रम फैलाउन खोजिरहेका छन् चुनाव हुँदैन भनेर, तपाइँहरु भ्रमको पछि नलाग्नुहोस्’, उनले भने, ‘चुनाव वैशाख १७ र २७ गते हुन्छ।’

उनले चुनाव हुँदैन कि भनेर भ्रममा नपरी तयारीमा जुट्न समेत आग्रह गरे ।

उनले संवैधानिक इजलासलाई संसद् पुनर्स्थापना हुन नसक्ने जवाफ दिएको समेत बताए । मरेको संसद् ब्यूँताइ पाउँ भनेर सर्वोच्चमा परेका मुद्दाका जवाफ दिएर आएको उनले बताएका थिए ।

उनले संसद विघटन भइसकेको हुँदा अब पुनस्थापना नहुने ठोकुका गरे । आफ्नै पार्टीभित्रका नेताहरुले सरकारको काम गर्न नदिएको आरोप दोहोर्‍याए।

हेरौँ भिडियो

ओलीले पार्टीविरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे ।

पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्न सकिन्छ भन्ने किसिमले मात्रै बैठकमा बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिको अपमान गर्नेहरुलाई लाज हुनुपर्ने बताए । उनले भने,“देशले पहिलोपल्ट महिला राष्ट्रपति पाएको छ । गरिमामय, जिम्मेवार ढङ्गले व्यवहार गर्ने, सालिन र भद्र महिला जसमा असाधारण देशभक्ति छ ।”

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ४ : ५९ बजे

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली