दाहाल-नेपाल समूहका नेतालाई मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह « Khabarhub

दाहाल-नेपाल समूहका नेतालाई मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् ।

पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघको आज आयोजित विस्तारित बैठकमा उनले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरेका हुन ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, “केही साथीहरु बरालिनुभएको छ, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”

उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गरे ।

नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गरे । बैठकमा महासंघका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताए ।

महासंघका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले सङ्गठनको हाल कायम १५१ सदस्यीय केन्द्रीय कमिटीमा ६१ सदस्य नयाँ थप गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : ०१ बजे

ओली निवास पुगेर माधव नेपालले दिए समवेदना

काठमाडौँ – नेकपा सहसंयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष

ट्याक्टरको ठक्करमा मृत्यु

सुनसरी– सुनसरीको हरिनगर गाउँपालिका–१ मा भएको सवारी दुर्घटनामा एक जनाको

चितवनमा तेरीको उत्पादन घट्यो

चितवन– जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका

इरान युद्ध १५ औँ दिनमा : सैन्य क्षमता सिध्याएको ट्रम्पको जिकिर, इरानद्वारा खण्डन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अवरोध पुर्‍याएको हर्मुज

फागुन महिनामा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ– पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन