दाहाल-नेपाल समूहका नेतालाई मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह « Khabarhub

दाहाल-नेपाल समूहका नेतालाई मूलधारमा फर्कन प्रवक्ता ज्ञवालीको आग्रह


१९ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीको मूलधारमा फर्कन नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका नेतालाई आग्रह गरेका छन् ।

पार्टीको जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघको आज आयोजित विस्तारित बैठकमा उनले पार्टी विभाजन भइनसकेको उल्लेख गर्दै आफ्ना गल्ती र भूल स्वीकारेर नेकपामा कायम रहन आग्रह गरेका हुन ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, “केही साथीहरु बरालिनुभएको छ, गल्ती र भूललाई बिर्सेर मूलधारको पार्टीको बैठकमा आउन म आग्रह गर्छु, अन्यथा जनताले समयमा उचित निर्णय दिनेछन् ।”

उनले पार्टीमा उत्पन्न विवादका कारण मुलुकलाई दुर्घटनाबाट जोगाउन सरकारले जनतामा जाने निर्णय गरेकाले सर्वाेच्च अदालतले दुई तिहाइ बहुमतको सरकारले गरेको निर्णयकै पक्षमा फैसला गर्नेमा निश्चिन्त रहन आग्रह गरे ।

नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एकीकरण हुँदाको सहमति तोडेर अध्यक्ष प्रचण्डले विभाजनको बाटो लिएको टिप्पणी गरे । बैठकमा महासंघका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य खगेन्द्र राईले सम्पूर्ण साहित्य, कला र संस्कृतिर्मीको समर्थन मूल पार्टीलाई नै रहेको बताए ।

महासंघका कार्यालय प्रमुख प्रेमनाथ अधिकारीले सङ्गठनको हाल कायम १५१ सदस्यीय केन्द्रीय कमिटीमा ६१ सदस्य नयाँ थप गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  ७ : ०१ बजे

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस् : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ