हात्तिको प्रतिमा राख्नुको महत्व « Khabarhub

हात्तिको प्रतिमा राख्नुको महत्व


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मालम्बीहरु हात्तिलाई पुज्ने गर्दछन् । हिन्दू मात्र होइन बौद्ध धर्ममासमेत हात्तिलाई पवित्र जीव मानिन्छ ।

यस्तै चिनियाँ वास्तु र फेंगशुई विज्ञानमा पनि हात्तिको मुर्ती, पेन्टिंग वा चित्र राख्नु शुभ मानिन्छ ।

हिन्दू मान्यता अनुसार स्वर्गका राजा इन्द्रको वाहनसमेत हात्ति थियो । साथै भगवान गणेशको शीर पनि हात्तिको नै छ । यसका साथै धनकी देवी लक्ष्मीको दुबैतर्फ देख्न सकिने हात्ति हिन्दू मान्यता अनुसार उनको सेवामा रहेका हुन्छन् । तसर्थ हिन्दुहरु हात्तिलाई पुज्ने गर्दछन् ।

वास्तुशास्त्र अनुसार उत्तर र दक्षिण दिशामा रातो रंगको हात्ति राखेमा समाजमा मानसम्मान र यश वृद्धि हुने मान्यता छ । यदि कार्यस्थलमा वा व्यक्तिगत यशका लागी यो उपाय गर्न चाहेमा आफू बस्ने दक्षिण दिशामा रातो हात्ति राख्नु लाभसिद्ध हुन्छ ।

यदि आफ्नो व्यवसायमा यश र प्रतिष्ठा बढाउन चाहेमा उत्तर दिशामा रातो रंगको हात्तिको प्रतिमा राख्नु पर्दछ ।

चाँदीद्धारा निर्मित हात्ति ज्योतिष एवम् वास्तु दृष्टिमा शुभ मानिन्छ । वास्तु अनुसार, चाँदी र हात्ति दुबै नकारात्मकता नष्ट गर्न र सकारात्मकता बढाउन मदद्त गर्दछ । चाँदीबाट बनेका हात्ति घर वा अफिसको टेबलमा राखेमा रोकिएको काममा गति आउँछ साथै बढुवाको योग बन्दछ ।

चाँदीको हात्ति उत्तर दिशामा राख्बनु शुभ मानिन्छ । अझ यसलाई रातो कपडामा बेरेर ढुकुटीमा राखेमा आयको स्रोत बढ्दछ ।

यदि विद्यार्थीको आफ्नो करियरमा बारम्बार आएको असफलता वा समस्या हटाउन चाहेमा पढाई कक्षमा सूड उठाएको हात्तिको प्रतिमा राखेमा शुभ परिणाम प्राप्त हुन्छ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ०९ बजे

सीटीईभीटीका करार र ज्यालादारी श्रमिकबाट धर्ना (तस्बिरहरू)

भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का करार,

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि