किन रोपिन्छ घरमा तुलसी ? तुलसीको धार्मिक महत्व र नियम « Khabarhub

किन रोपिन्छ घरमा तुलसी ? तुलसीको धार्मिक महत्व र नियम


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

औषधीय गुणले भरीपुर्ण तुलसीको बिरुवालाई सनातन हिन्दु धर्मालम्बीहरु भगवानको प्रतिकको रुपमा पूजा गर्दछन् । धार्मिक मान्यता अनुसार घरमा तुलसीको विरुवा हुनु अत्यन्त शुभ मानिन्छ ।

तुलसीको विरुवाको धार्मिक रूपमा मात्र नभई ज्योतिष र वास्तुशास्त्रमा पनि विशेष महत्व रहेको छ । वास्तु तथा ज्योतिषिय शास्त्र अनुसार घरमा तुलसीको विरुवा रोप्नु अत्यन्त लाभप्रद हुन्छ । तर तुलसीको विरुवाका विषयमा केही नियमलाई ध्यान दिनुपर्ने हुन्छ ।

हिन्दू धर्ममा हरेक धार्मिक कार्यमा तुलसीको उपयोग गरिन्छ । विशेषगरी भगवान विष्णुको पूजामा तुलसी आवश्यक मानिन्छ । भगवान विष्णुलाई तुलसी अति प्रिय मानिन्छ । तर भगवान विष्णुको पूजामा तामसिक चीजको बर्जित छ । तसर्थ पवित्र तुलसी रोपिएको स्थानमा भुलेर पनि मासांहारी वा मदिराजन्य पदार्थ राख्नु वा सेवन गर्नु धार्मिक दृष्टिमा राम्रो मानिदैन । यसका साथै तुलसीको माला धारण गर्नेहरुले कहिल्यै मासांहारी भोजन, मदिरा, नशालु पदार्थ वा तामसिक भोजन गर्नु हुदैँन ।

वास्तु अनुसार तुलसीको विरुवा रोपेमा नकारात्कता प्रभाव नष्ट हुन्छ । साथै घरमा सकारात्मक ऊर्जाको संञ्चार हुन्छ । वास्तु दोष कम गर्न तुलसी सक्षम मानिन्छ । वास्तु अनुसार तुलसीको विरुवा घरको पूर्वोत्तर वा उत्तर दिशामा रोप्नु पर्दछ । तर भुलेर पनि तुलसीको विरुवा दक्षिण दिशामा राख्नु हुदैँन । यो अशुभफलदायक हुने धार्मिक मान्यता छ ।

घरमा भएको तुलसीको विशेष ख्याल राख्नु पर्दछ । तुलसीमा नियमित पानी अर्पण गर्ने, साझँमा घिउको दियो बाल्ने गर्नु पर्दछ । दियो बाल्दा दियोको मुनी चामलको आसन लगाउनु पर्दछ । जुन घरमा नियमित बिहान बेलुका तुलसीको पूजा हुन्छ त्यस घरमा माता महालक्ष्मीको बास हुने धार्मिक मान्यता छ । साथै सो घरमा हमेशा सुख समृद्धिको वास हुने गर्दछ । तर आइतबारको दिनमा भने तुलसीमा पानी अर्पण गर्नु हुदैन ।

केही घरमा तुलसीलाई भुईको माटोमा रोपेको पाइन्छ तर तुलसीलाई सधै गमलामा नै रोपनु पर्दछ । अन्यथा अशुभ फल पाउने र घरका सदस्यको स्वास्थमा नकारात्मक असर पर्ने धार्मिक मान्यता छ । साथै केही तिथीहरुमा तुलसीको पात टिप्न वर्जित गरीएको छ । विशेषगरी आइतबार, सूर्य ग्रहण, चन्द्रग्रहण, एकादशी र सूर्यास्तपछि तुलसीको पात टिप्नु हुदैँन । यदि भुलवश टिपिहालेमा हात जोडेर तुलसीलाई प्रणाम गरी माफी माग्नु पर्दछ । यसका साथै बिना आवश्यकता कहिल्यै तुलसीको पात टिप्नु हुदैँन ।

तुलसीलाई ननुहाइ छुनु हुदैँन । साथै महिनावारी भएको बेलामा समेत महिलाहरुले तुलसीलाई छुनु हुदैँन । तुलसीको आसपासमा सधै सफाई हुनु पर्दछ । यदि तुलसी सूकेमा तुरुन्तै त्यस स्थानमा नयाँ बिरुवा रोप्नु पर्दछ । सूकेको तुलसीलाई जहाँ पायो त्यहि फ्याक्नु हुदैँन बरु संरक्षित गरी राख्नु पर्दछ वा नदीमा प्रवाहित गर्नु पर्दछ ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ६ : ५३ बजे

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्र गतिमा स्तरोन्नति गरिँदै

रसुवा– गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्र गतिमा स्तरोन्नति भइरहेको छ

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएका राष्ट्रपतिले अर्को भने जारी गरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

कार्यवाहक प्रमुख डंगोलको आग्रह : होल्डिङ सेन्टरका बालबालिकालाई आवासीय सुविधासहित पढाऊँ

काठमाडौं– राधास्वामी सत्संत व्यास आश्रममा सञ्चालित होल्डिङ सेन्टरमा भएका बालबालिकाहरूलाई संस्थागत विद्यालयहरूमा

राष्ट्रपतिले फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता पठाइदिएका

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा निजी