संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनवाइ बिनै शपथ ! « Khabarhub

संवैधानिक आयोगमा सिफारिस पदाधिकारीको सुनवाइ बिनै शपथ !


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक आयोगहरूमा सिफारिस गरिएका पदाधिकारीको सुनवाइ बिनै शपथ हुने भएको छ ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने, संसदीय सुनुवाइ समितिले अनुमोदन गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। तर, संसदीय सुनुवाइ समितिमा प्रस्ताव प्रस्तुत नै नगरी शपथको तयारी गरिएको हो ।

गैरसंवैधानिक रूपमा नियुक्तिका आधारमा हुने शपथ रोक्न माग राख्दै मंगलबार मात्र सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका थिए। सो रिट बुधबार सर्वोच्चको इजलासमा पेस हुने र आदेश आउन सक्ने भएकाले बिहानै शपथ खुवाउने गरी शीतलनिवासले तयारी गरेको छ ।

अख्तियारको आयुक्तमा सिफारिस भएका पूर्वएआइजी जयबहादुर चन्दले बुधबार बिहानका लागि शपथको तयारी भएको पुष्टि गरे ।

संवैधानिक आयोगमा सिफारिस गरिएका पदाधिकारीहरुको शपथ बुधबार बिहान ९ बजेलाई तय भएको छ ।

प्रधानमन्त्री केपी ओलीले ३० मंसिरमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए। त्यसै दिन बसेको परिषद् बैठकले ११ वटा संवैधानिक निकायमा ३८ जना पदाधिकारी नियुक्तिका लागि सिफारिस गरेको थियो।

परिषद्का अध्यक्ष केपी ओली र सदस्य चोलेन्द्रशमशेर राणाले भागबन्डाका आधारमा ३८ जनाको नियुक्ति गरेका थिए। ६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए। ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो।

६ जना हुने परिषद् बैठकमा ओली, जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मात्र उपस्थित थिए। ऐनमा अध्यक्ष र चार सदस्य बैठकमा उपस्थित भए मात्र बैठक बस्न सक्ने उल्लेख थियो। तर, ३० मंसिरमा अध्यादेशको आधारमा ऐन संशोधन गरेर त्यही साँझ ३८ पदमा नियुक्ति गरिएको थियो। अध्यादेशविरुद्ध १ पुसमा नै सर्वाेच्च अदालतमा रिट परे पनि ५० दिनसम्म पनि सुनुवाइ सुरु हुन सकेको छैन।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  ८ : ५५ बजे

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास