संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ « Khabarhub

संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले आज शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए ।
शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

शपथ कार्यक्रम बिहान ९:२५ बजेदेखि १०:२० बजेसम्म सञ्चालन भएको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालले शपथ लिएका हुन् ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुरले शपथ लिएका हुन् ।

त्यसैगरि निर्वाचन आयोगमा आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी तुलाधरले शपथ लिएका हुन् ।

वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्रले शपथ लिएका हुन् । त्यसैगरि महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाले सपथ लिएका छन् ।

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेले पार्कीले शपथ लिएका हुन् ।

त्यस्तै समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरू रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानले शपथ लिएका छन् ।

आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राईले शपथ लिएका छन् ।

मधेसी आयोगका सदस्यहरूमा जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ताले शपथ लिएका छन् । त्यस्तै थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरीले शपथ लिएका छन् ।

त्यसैगरि मुस्लिम आयोगको सदस्यमा महमुद्दिम अली र मिर्जा अर्सद बेगले शपथ लिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ५० बजे

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास

बालेन पब्लिक डिबेटमा नबस्‍ने , भन्छन्– ७६ बच्चाको हत्यारासँग एउटै मञ्‍चमा उभिन्‍न

काठमाडौं – काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन शाहले नेकपा (एमाले)का अध्यक्ष

राष्ट्रियसभा निर्वाचन : बागमतीमा ६ जनाबीच प्रतिस्पर्धा

बागमती– बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि बिहान ९ बजेदेखि मतदान