संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ « Khabarhub

संवैधानिक निकायमा नियुक्त पदाधिकारीले लिए शपथ


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक निकायका नियुक्त भएका पदाधिकारीले आज शपथ लिएका छ्न । राष्ट्रपति कार्यालय शीतल निवासमा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीले संसदीय सुनुवाइ बिना नै शपथ लिएका हुन् ।

संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका थिए । अन्य सदस्यलाई भने प्रमुखले शपथ खुवाएका थिए ।
शपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

शपथ कार्यक्रम बिहान ९:२५ बजेदेखि १०:२० बजेसम्म सञ्चालन भएको थियो ।

संवैधानिक परिषदले सिफारिस गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तहरुमा जयबहादुर चन्द र किशोर सिलवालले शपथ लिएका हुन् ।

त्यस्तै मानवअधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर तथा सदस्यहरुमा मनोज दुवाडी, डा. सूर्य ढुंगेल, लिली थापा, मिही ठाकुरले शपथ लिएका हुन् ।

त्यसैगरि निर्वाचन आयोगमा आयुक्तहरु रामप्रसाद भण्डारी, डा. जानकी तुलाधरले शपथ लिएका हुन् ।

वित्त आयोगमा जुद्ध गुरुङ र अमरराज मिश्रले शपथ लिएका हुन् । त्यसैगरि महिला आयोगको अध्यक्षमा कमलाकुमारी पराजुली र सदस्यहरुमा कृष्णकुमारी पौडेल खतिवडा र विद्याकुमारी सिन्हाले सपथ लिएका छन् ।

दलित आयोगको अध्यक्षमा देवराज विक र सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली, मेहेले पार्कीले शपथ लिएका हुन् ।

त्यस्तै समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरू रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानले शपथ लिएका छन् ।

आदिवासी आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यहरूमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना र चरण राईले शपथ लिएका छन् ।

मधेसी आयोगका सदस्यहरूमा जिवच्छ साह, रेणुदेवी साह, विजय गुप्ताले शपथ लिएका छन् । त्यस्तै थारू आयोगको सदस्यहरूमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारू, भोलाराम चौधरीले शपथ लिएका छन् ।

त्यसैगरि मुस्लिम आयोगको सदस्यमा महमुद्दिम अली र मिर्जा अर्सद बेगले शपथ लिएका छन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ५० बजे

इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान – इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज

इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

तेहरान- इरानले शुक्रबार युद्धविराम अवधिमा व्यवसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग

संसद्‍मा रास्वपाले मिलाएको शक्ति सन्तुलन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाइ बहुमतभन्दा दुई सिट कम अर्थात्

वरिष्ठ साहित्यकार विनोदीलाई ‘गोरखा सर्जक सम्मान’

काठमाडौं- : वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई ‘गोरखा सर्जक सम्मान’ प्रदान