रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेमसंघको माग « Khabarhub

रामकुमारी झाँक्रीलाई कारबाही गर्न अनेमसंघको माग


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपाको ओली पक्षीय अखिल नेपाल महिला संघ (अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ।

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गरेको भन्दै प्रक्राउ गरी कारबाही गर्न माग गरेको हो।

ज्ञापनपत्रमा नेतृ झाँक्रीले राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जती गरी व्‍यक्तिगत, पारिवारिक तथा राष्ट्रपति कै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमानजनक शब्दहरु प्रयोग गरेकाले कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

अनेम संघकी नेतृ सुजिता शाक्यले झाँक्रीले राष्ट्रपति संस्थामाथि नै अपमानजनक व्‍यवहार गरेकाले तत्काल कारबाही गर्न माग गरिएको बताइन्।

ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिलाई अशोभनीय आरोप लगाउनेलाई कडा कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताएको नेतृ शाक्यले बताइन्।

माघ १६ गते गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा नेकपा दाहाल–नेपाल समूहकी नेतृ तथा विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँकीले राष्ट्रपति विद्यादेवी भण्डारीको चर्को आलोचना गरेकी थिइन् ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : २० बजे

अण्डाको माग र मूल्य बढ्यो

चितवन– बजारमा अण्डाको माग बढेसँगै मूल्य पनि क्रमशः बढ्दै गएको

‘पब्लिक डिबेट’का लागि तयार छौँ : ओली 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव केन्द्रित पब्लिक

एमालेका सङ्गठित सदस्यलाई ओलीको पत्र : पार्टीलाई बहुमत दिलाउन उच्च मनोबलका साथ सक्रिय हुनू 

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सङ्गठित

विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित

काठमाडौं – आईसीसी पुरुष टी–२० विश्वकपको अभ्यासमा रहेको नेपाली राष्ट्रिय

डोल्पामा ३२८ मेगावाटको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं– डोल्पा जिल्लामा जलाशययुक्त प्रकृतिको भारबुङ जलविद्युत् आयोजना निर्माण हुने