विहीबार आमहड्ताल गर्ने दाहाल-नेपाल समूहको घोषणा (भिडियोसहित) | Khabarhub Khabarhub

विहीबार आमहड्ताल गर्ने दाहाल-नेपाल समूहको घोषणा (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेको भन्दै दाहाल-नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज पार्टी कार्यालय पेरिसडाँडाँमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल-नेपाल समूहको ठहर छ ।

हेरौँ भिडियो

‘सरकार आफैले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाइ समिति सुचारू हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाइ हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषदमा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदा हुँदै पनि आज शपथ ग्रहण गराउनु निरंकुशता, जोरजबर्जस्ती र निर्लज्जताको पराकाष्ठा हो । हाम्री पार्टी यसको घोर भर्त्सना गर्दै  खारेजीको माग गर्दछ,’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहनेछन् भने तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसललगायतका अत्यावश्यक सेवा सञ्चालन हुने श्रेष्ठले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ४३ बजे

प्रकृतिले काँचुली फेर्दा ढकमक्क आरू र चेरी फूल (तस्बिरहरू)

काठमाडौं – वसन्त ऋतुको आगमन भइसकेको छ । राजधानी काठमाडौँका

आर्थिक समृद्धिमा वन क्षेत्रको भूमिका महत्त्वपूर्ण : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको

प्रधानमन्त्री भन्छन्- हामीलाई कसैको अनावश्यक विरोधसँग मतलब छैन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई जात, धर्म र संस्कृतिका

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प

काठमाडौं– गर्मी मौसम सुरु हुँदै गर्दा एलजीले ‘नि:शुल्क एसी सर्भिस र

एकै रुखमा झुन्डिएको अवस्थामा भेटिए युवा-युवती

मोरङ- मोरङको पथरीशनिश्चरे नगरपालिका- ५ मौलाबारीस्थित बक्राहा खोलाको किनारमा विवाहित