विहीबार आमहड्ताल गर्ने दाहाल-नेपाल समूहको घोषणा (भिडियोसहित) « Khabarhub

विहीबार आमहड्ताल गर्ने दाहाल-नेपाल समूहको घोषणा (भिडियोसहित)


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ ।

प्रतिनिधिसभा विघटन गरि संसदीय सुनुवाइ बिना नै पदाधिकारी नियुक्त गरेको भन्दै दाहाल-नेपाल समूहको केन्द्रीय संघर्ष समितिले आज पार्टी कार्यालय पेरिसडाँडाँमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिको आमहड्तालअघि आज साँझ मसाल जुलुस हुने जानकारी पनि दिए ।

सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्तिलाई सभामुखलाई समेत आमन्त्रण नगरी बलमिच्याँई ढंगले सपथग्रहण गराउनु अवैधानिक भएको दाहाल-नेपाल समूहको ठहर छ ।

हेरौँ भिडियो

‘सरकार आफैले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदम चालेर संसदीय सुनुवाइ समिति सुचारू हुन नसक्ने स्थिति उत्पन्न भएको वर्तमान अवस्थाका कारणले सभामुखले सुनुवाइ हुन नसक्ने जानकारी गराउँदै संवैधानिक परिषदमा फाइल फिर्ता पठाएको तथ्य पनि सबैलाई ज्ञात नै छ । यति हुँदा हुँदै पनि आज शपथ ग्रहण गराउनु निरंकुशता, जोरजबर्जस्ती र निर्लज्जताको पराकाष्ठा हो । हाम्री पार्टी यसको घोर भर्त्सना गर्दै  खारेजीको माग गर्दछ,’ संघर्ष समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहनेछन् भने तरकारी तथा दुध बोक्ने गाडी, अस्पताल, औषधि पसललगायतका अत्यावश्यक सेवा सञ्चालन हुने श्रेष्ठले बताए ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ ।

प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना गरेको अघिल्लो दिन दाहाल–नेपाल समूहले आमहड्ताल आयोजना गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  २ : ४३ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी