वाणिज्य विभागको निर्देशनपछि लक्ष्मी र श्री स्टिलले घटाए मूल्य « Khabarhub

वाणिज्य विभागको निर्देशनपछि लक्ष्मी र श्री स्टिलले घटाए मूल्य


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार–चार मूल्य घटाएका हुन् ।

लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए ।

फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।

“हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उनले भने ।

हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक–फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो ।

विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनमसमेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए ।

हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।

पछिल्लो समय विभागले उपभोक्ताले मूल्य बढेको भन्दै धेरै गुनासो गरेका डण्डी, सिमेन्ट, खाने तेल तथा औषधिजन्य क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसअघि विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित दुई उद्योगलाई कारवाही गरेको थियो ।

बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि अन्नपूर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन–तीन लाख जरिवाना गरिएको थियो ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ४६ बजे

काठमाडौंमा वायु प्रदूषण बढ्यो : एक्युआई

काठमाडौं– काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । वर्षात्

पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

तनहुँ– यहाँस्थित व्यास नगरपालिका–१० दुम्सीबजारमा १५ शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण

सुनचाँदीको मूल्य आज पनि घट्यो, कतिमा भइरहेको छ ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

पर्यटकको अभावमा वनकरिया बस्तीको ‘होमस्टे’ बन्द

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–४ मुसेधापस्थित लोपोन्मुख वनकरिया बस्तीको घरवास ‘होमस्टे’