वाणिज्य विभागको निर्देशनपछि लक्ष्मी र श्री स्टिलले घटाए मूल्य | Khabarhub Khabarhub

वाणिज्य विभागको निर्देशनपछि लक्ष्मी र श्री स्टिलले घटाए मूल्य


२१ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्ने भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार–चार मूल्य घटाएका हुन् ।

लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए ।

फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए ।

“हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उनले भने ।

हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक–फरक रहेको छ । कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य शुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो ।

विभागमा आएको गुनासोका आधारमा विभागले केही ठूला उद्योगमा अनुगनमसमेत गरेको थियो । अनुगमनका क्रममा व्यवसायीले अन्तर्राष्ट्रिय रुपमा नै निर्माण सामग्रीको मूल्य बढेको बताएका थिए ।

हाल अन्तर्राष्ट्रिय रुपमा नै बाहिरबाट मूल्य बढेर आउँदा बजारमा डण्डीको मूल्य बढेको तर केही दिनयता मू्ल्य केही घट्दा सामान्य घटाएको व्यवसायीले बताएका छन् ।

पछिल्लो समय विभागले उपभोक्ताले मूल्य बढेको भन्दै धेरै गुनासो गरेका डण्डी, सिमेन्ट, खाने तेल तथा औषधिजन्य क्षेत्रमा अनुगमन गर्दै आएको छ । यसअघि विभागले खाने तेलको मूल्य बढाएको भन्दै बारामा सञ्चालित दुई उद्योगलाई कारवाही गरेको थियो ।

बजार अनुगमका क्रममा उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि अन्नपूर्ण भेजिटेबल प्राली र महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारवाहीस्वरुप रु तीन–तीन लाख जरिवाना गरिएको थियो ।

 

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार  १० : ४६ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली

देउवा दम्पत्ति स्वदेश फिर्ता (तस्बिरहरू)

काठमाडौं – भदौ २३ र २४ गते भएको जेन जी

प्रधानमन्त्रीले भनिन्ः राज्यले भावना नबुझिदिँदा जेनजीमा बेचैनी बढ्यो

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक