जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध खुकुलो पारिँदै « Khabarhub

जर्मनीमा कोरोना नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध खुकुलो पारिँदै


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन(एएफपी)- जर्मनीका चान्सलर एन्जेला मर्केलले कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएका उपायलाई खुकुलो पार्दै जाने योजना सार्वजनिक गरेकी छन् ।

चान्सलर मर्केलले कोभिड–१९ विरूद्धको खोप उपलब्ध भइसकेको र सङ्क्रमण दरमा पनि विस्तारै कमी आएको भन्दै आंशिक लकडाउनका कार्यक्रम मङ्गलबारदेखि विस्तारै खुकुलो बनाउन सरकार र विज्ञहरूसँग प्रस्ताव गरेकी छन् ।

उनले अर्को हप्तादेखि घरपरिवारबीच अझ बढी सामाजिकरणको अनुमति दिन चाहेको प्रस्ताबमा उल्लेख गरिएको छ । पाँच जनाभन्दा बढी जम्मा नहुने गरी मार्च ८ देखि दुई घरपरिवारबीच भेला हुन पाउने व्यवस्था गरिने प्रस्तावमा उल्लेख छ ।
प्रस्तावमा पुस्तक पसल, फूल पसल तथा बगैँचा केन्द्रहरूलाई छिट्टै पुनः सञ्चालनका लागि अनुमति दिइने उल्लेख गरिएको छ ।

प्रस्तावलाई जर्मनीका १६ क्षेत्रीय सरकार प्रमुखले अनुमोदन गर्न बाँकी रहेको र मर्केल र उनीहरूबीच छलफलको तयारी भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ६ : १५ बजे

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण

चुनाव जितेर संसद् छिर्दैमा ’जे बोले पनि वा जे गरे पनि हुन्छ’ भन्ने दम्भ त्याग्नुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकार, संसद्, अदालत

इजरायली कर्फ्यूले ४० हजार प्यालेस्टिनी प्रभावित

जेरुसलेम- दक्षिणी वेस्ट ब्याङ्कमा इजरायलले सञ्चालन गरेको सैन्य कारबाहीका क्रममा

खाडीमा सैन्य उपस्थिति घटाउने तयारीमा अमेरिका

वाशिङ्टन- इरानसँगको युद्धमा अमेरिकी सैन्य प्रतिष्ठानमा ठूलो क्षति भएपछि पेन्टागनले

‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल अन्त्यतिर

काठमाडौँ- विचाराधीन ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१’ माथिको छलफल