कतारमा सडक दुर्घटनामा परेका नेपाली ह्वीलचियरबाट ड्युटी गर्दै ! « Khabarhub

कतारमा सडक दुर्घटनामा परेका नेपाली ह्वीलचियरबाट ड्युटी गर्दै !



दोहा– भन्थ्यौं आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रुख छ ।
कालो बादल नीलो आकाशमा, गयौंँ आमा चढेर जहाजमा, फर्कियौँ बाकसमा ।

‘परदेशी’ चलचित्रमा समेटिएको यो गीतले वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभंग भएर दु:ख पीडा र बेदना यसरी पोखिएको छ– जुन दु:ख पीडा आम नेपालीको नियति जस्तै बनेको छ ।

यस्तै गम्भीर सडक दुर्घटनामा परेर बाचेका दु:ख पीडा र वेदनाले भौतारिरहेरका मध्येका एक हुन् सल्यानका छविलाल बुढा । उनी विदेशमा धन कमाई परिवारलाई सुखी राखुँला भन्ने सपना बोकेर विगत १२ वर्ष अघि कतार आइपुगेर आईटीसीसी कम्पनीमा काम गर्न थाले, काम ठिकै थियो ।

उनी यो १२ वर्षको अवधिमा छुट्टिमा घर आउने जाने गरिरहेका थिए । अचानक सन् २०१७ मा सडक पार गर्ने क्रममा दुर्घटनामा परे । उनको घटनास्थलमै ज्यान गएको अनुमान गरिएको थिए । धन्य, उनको ज्यान बच्यो । नजिकैको अस्पताल लगियो । उनको खुट्टा काट्नु पर्ने भयो ।

कम्पनीले जसोतसो गरेर कृत्रिम खुट्टा पनि लगाइदियो । तर, उनी काम गर्न नसक्ने भए । २०१७ देखि २०१९ सम्म दुई वर्ष कामविहीन रुममै भएर बसे । कम्पनीले बेसिक तलब ८ सय कतारी रियाल दिने भनेको थियो, त्यो पनि कहिले दिने कहिले नदिने गर्‍यो ।

पछि सन् २०२० शुरू भएपछि उनलाई कम्पनी स्टोरमा काम त दियो, जसोतसो आफूले सकेको काम गर्दै थिए । कोरोना महामारीको करण लकडाउन भयो र त्यो काम पनि बीचैमा छोड्नु पर्‍यो अनि फेरि कामविहीन भएर बस्नुपर्‍यो । अहिले उनले कम्पनीमा वाचमेनका काम पाएका छन् ।

मुद्दामा पराजित 

उनले आफूलाई दुर्घटना गराउने विरुद्ध यहाँको हाइकोटमा मुद्दा दर्ता गरेर विगत एक वर्षदेखि मुद्दा पनि लडे तर, हाइकोटको फैसलाले आफूलाई दोषी देखाएको बताए ।

‘एकदेखि हाइकोटमा मुद्दा लडेँ, फैसलामा मलाई नै दोषी देखाइयो, केही क्षितिपूर्ति पनि पाइएन । अहिले गैरआवासीय नेपाली संघले हाइकोटको पेपर मागेको छ तर मसँग छैन,’ उनले भने।

३२ महिनादेखि भिसाविहीन

विगत ३२ महिनादेखि आवासीय अनुमति पत्र (भिसा) विहीन भएर नै कम्पनीमा काम गरिरहेको उनले बताए । कम्पनीले यसअघि अर्कै कम्पनीमार्फत भिसा जारी गर्ने गरेको र अहिले त्यो कम्पनीले पनि आवासीय अनुमति जारी नगरेकाले आफू भिसा बिना नै काम गरिरहेको बताए ।

कतारको कानुन अनुसार भिसा अवधि सकिएको तीन महिनासम्म मात्र बस्न पाइने नियम छ, त्यसपछि यहाँ अवैधानिक मानिन्छ । भिसा नभएको करण ड्युटी जान आउन वा कतै हाटबजार जान समेत समस्या हुने गर्दछ। अहिले पछिल्लो समयमा त झन् कोरोना महामारीका करण पुलिसको चेकिङ् बढी हुनेहुँदा आवसीय अनुमतिपत्र अनिवार्य छ ।

पीडितको घाऊमा मलम लगाउदै एनआरएनए

अबको ६ महिनापछि उनको कृतिम खुट्टा परिवर्तन गर्नुपर्ने थियो । कम्पनीले अब नसक्ने भनेपछि उनी कतारमा स्थापित एक संस्थामार्फत गैरआवासीय नेपाली संघ कतारको सम्पर्कमा पुगे । पीडितलाई काम गर्न थप सहज होस् भनेर संघले आइतबार ह्वील चियर उपलब्ध गराएको छ ।

कतारको परोपकारी संस्था कतार रेडक्रिसेंटमार्फत उनलाई ह्वीलचियर प्रदान गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले खबरहबलाई जानकारी दिए ।

ह्वीलचियर पाएपछि काम गर्न थप केही सजिलो हुने बताउदै उनले अर्को कृतिम खुट्टा जडान गर्न संघले अझै केही डकुमेन्ट ल्याउन भनेको बताए । संघका अध्यक्ष मुसलमानले उनको केही थप अफिसियल डकुमेन्ट उपलब्ध हुने बित्तिकै कृतिम खुट्टा जडान गर्ने कार्य पनि प्रक्रियामा रहेको बताए ।

साथै यस्ता किसिमका समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले गैर आवासीय नेपाली संघ, कतारलाई सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् । यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा अंगभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ८ : २९ बजे

उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

दाङ– उच्च अदालत तुलसीपुरले आर्थिक वर्ष २०८२–८३ मा ७२५ वटा

महाकाली नदीमा फसेका युवकको उद्धार

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीको टापुमा फसेका एक जना युवाको आज

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार