कुबेतमा दुई नेपाली महिला बन्धक, बाथरुम जाँदा पनि सीसीटीभी निगरानी ! | Khabarhub Khabarhub

कुबेतमा दुई नेपाली महिला बन्धक, बाथरुम जाँदा पनि सीसीटीभी निगरानी !



दोहा– वैदेशिक रोजगारीमा लागि कुवेत पुगेका दुई महिलालाई कुवेती नागरिकको घरमा बन्धक बनाएर राखेको तथ्य खुलेको छ । उनीहरुलाई एजेन्टले मोटो रकम लिएर भारतीय बाटो हुदैँ विगत तीन वर्ष अघि घरेलु कामदारको रुपमा कुवेत पुर्‍याएर कुवेती नागरिकको घरमा काम लगाई दिएको थियो ।

उनीहरुको करार अवधि दुई वर्षको भएपनि अहिले तीन वर्ष बितिसक्दा पनि मालिकले घर फर्कन नदिएको र घरमै बन्धक बनाएर राखेको नाम उल्लेख नगरी दिन आग्रह गर्दै पीडित महिलाले बताइन ।

पटक पटक मालिकलाई अब घर फर्किने भनेर अनुरोध गरे पनि अहिले उडान खुलेको छैन पछि पठाउछु भन्दै घर भित्रै बन्धक बनाएर राखेको उनले बताइन ।

‘अहिले झन पीडा हुन थालेको छ । घर पठाउने त परको कुरा घर जाने भन्यो भने पनि मालिकले कुट्छन्,’ उनले भनिन्, ‘काम गरेको पारिश्रमिक पनि दिएका छैनन् ।’

उनले बताए अनुसार मालिकले उचित रुपमा खान–लाउन नदिने, बिरामी हुँदा उपचार नगर्ने, घरमा बालबच्चा हेर्नेदेखि सबै काम गर्नुपर्ने, दैनिक २२ देखि २३ घण्टासम्म काममा खटाउने गरेको तथा फोहोर फाल्न निस्किदा देखि बाथरुम जाँदा पनि सीसीटीभी निगरानी गर्ने गरिएको छ ।

एजेन्ट आफूहरुलाई कुवेत पठाएपछि सम्पर्क विहीन भएको तथा एजेन्टले सम्पर्क नम्बर समेत नदिएको उनीहरुको गुनासो छ । मालिकले शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै उनीहरुले चाँडो भन्दा चाँडो उद्धारको अपेक्षा गरेका छन् ।

उद्धारमा समस्या
ती पीडित महिलाहरुको उद्धारमा समस्या भएको विगत लामो समयदेखि कुवेतमा सामाजिक कार्य गर्दै आएका अभियन्ता चन्द्र पाइजा पुन मगरले बताएका छन् । उनीहरुलाई मालिकले घरबाट बाहिरै निस्किन नदिएको कारण उद्धार गर्न समस्या भएको हो ।

अभियन्ता पुनले भने, ‘मैले पनि ती पीडित महिलाहरुलाई सम्पर्क गरेर तपाईंहरु आउन सक्नुहुन्छ भने भागेर आउनुहोस् म ट्याक्सी पठाउछु, हामी तपाईंहरुलाई जसोतसो गरेर यहाँस्थित नेपाली दूतावाससम्म पुर्‍याउँछौँ वा त साथीहरुसँग सहयोग मागेर नेपालसम्म पठाउछौ ।’

उनले भने, ‘हामी कुवेती नागरिकको घरमा परेर उनीहरुलाई ल्याउन मिल्दैन फेरि हामीलाई नै कुवेती नागरिकले चोरी केस लगाएर जेल हाल्छ ।’

यसरी बन्धक बनाएको केसमा उद्धार गर्न पीडित भागेर नै आउनु पर्‍यो यात दूतावासले प्रहरी नै लिएर गए मात्रै उद्धार गर्न सम्भव हुने पुन बताउँछन् ।

नेपाली महिलाबाटै ठगी

गत हप्तामा कुवेत प्रहरीले नेपाली महिलाहरुलाई नेपाली महिलाले नै भगाएर अवैधानिक तरिकाले घरेलु काम लगाएको आरोपमा ७ नेपाली महिला पक्राउ गरेको थियो ।

अवैधानिक तरिकाले घरेलु महिला कामदारको रुपमा कुवेत पुगी घरबाट भागेर अवैधानिक भई बसेका नेपाली महिलाहरुलाई महिलाले नै नक्कली कार्यलय खोलेर अवैधानिक रुपमा काम लगाईएको आरोप ती महिलाहरुलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई नक्कली कार्यलय तथा कागजातसहित अन्य केही अवैधानिक नेपाली कामदारलाई समेत पक्राउ गरी अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ । कुवेतमा नेपाली महिला कामदारका कथाका यी त केही प्रतिनिधि उदाहरण रहेको उनले बताए ।

यस्ता थुप्रै घटना ओझेलमा छन् । यसतर्फ नेपाल सरकार, नेपाली दूतावास लगायत सम्बन्धित निकायले ध्यान पुर्‍याउन आवश्यक रहेको उनले बताए । दलालले पछिल्लो समय भारतको बाटो हुदैँ दुबई, कतार, साउदी अरेबिया, कुवेत ओमान लगायतका मुलुकमा नेपाली महिला कामदार पठाउने गरेका छन् ।

केही दिन अघिमात्र आकर्षक रोजगारीका नाममा नेपाली महिलाहरुलाई श्रीलंका हुँदै कुवेत पुर्‍याउने काठमाडौँ महानगरपालिका ३ महाराजगञ्ज बस्ने नुवाकोट तादी गाउँपालिका १ घर भएकी कमला भेटवाल भन्ने ४६ वर्षीया पाकिजा प्याकुरेललाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो ।

पीडित महिलाहरुको आग्रहमा परिचय खुलाईएको छैन ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ४ : ०६ बजे

इटहरीमा जेन-जीको प्रदर्शन : उपमहानगर अगाडिको भवन तोडफोड 

इटहरी– इटहरी उपमहानगरपालिका अगाडि प्रर्दशन गरिरहेका जेन-जीलाई प्रहरीले दमन गरेपछि जेन-जी

जेन-जीको आन्दोलन : अभियान छाडेर काठमाडौं फर्किँदै प्रचण्डसहितका नेता

काठमाडौं– काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शनले अवस्था तनावग्रस्त

जेन-जी आन्दोलनको इपिसेन्टर बानेश्वर (तस्बिरहरू)

काठमाडौं– जेन-जी प्रदर्शनकारीहरूले काठमाडौंको नयाँबानेश्वरस्थित विरोध प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनको तनावबीच ३३ अंकले घट्यो नेप्से 

काठमाडौं– सोमबार जने-जीको आन्दोलनका बीच शेयर बजार घटेको छ ।

जेन-जीको प्रदर्शन : कम्तीमा ५ प्रदर्शनकारीको मृत्यु

काठमाडौँ- जेन-जीहरूले गरेको प्रदर्शन हिंसात्मक हुँदा कम्तीमा पनि ५ जनाले