’बी’ डिभिजन लिग: नयाँबस्ती भर्सेस टुसालको खेलमा १–१ को बराबरी « Khabarhub

’बी’ डिभिजन लिग: नयाँबस्ती भर्सेस टुसालको खेलमा १–१ को बराबरी


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अंक बाँडेको छ ।

बुधबार भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु परेको हो ।

खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याएका थिए ।

यस बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । टुसालले ९ खेलमा ८ अंक जोडेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : १५ बजे

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

काठमाडौं– गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । 

राष्ट्रिय टोपी दिवस दौड प्रतियोगिता (तस्बिरहरू)

ललितपुर– नेपाली पहिचान र राष्ट्रियताको प्रतीक मानिने नेपाली ढाका टोपीको

सुनको मूल्य बढ्यो , कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी

राष्ट्रपति पौडेलबाट पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त

म्याग्दीको घतानमा सडक कालोपत्र

म्याग्दी– बेनी नगरपालिका–९ घतानको वडा कार्यालय रहेको नेप्टेचौर जोड्ने सडक