प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति « Khabarhub

प्रधानमन्त्रीले कानून मिचेर दुर्गा प्रसाईंको कलेजलाई सम्बन्धन दिलाएको भन्दै पूर्वउपकुलपतिको आपत्ति


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झापास्थित बीएन्डसी मेडिकल कलेजलाई प्रधानमन्त्रीले नै कानूनविपरीत सम्बन्धन दिन निर्देशन दिएको भन्दै पूर्वउपकुलपतिहरूले आपत्ति जनाएका छन् ।

विवादित दुर्गा प्रसाईंले सञ्चालन गरेको बीएन्डसी मेडिकल कलेजलाई ओलीले सम्बन्धन दिन निर्देशन दिनु चिकित्सा शिक्षा ऐनविपरीत भएको आरोप पूर्वउपकुलपतिहरुले लगाएका छन् ।

उपकुलपतिहरूले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा ऐन विपरीत प्रधानमन्त्री ओलीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको बताएका हुन् ।

विज्ञप्तिमा वर्तमान ऐन र कानूनको मर्यादामा रही त्यसमा आवश्यक सुधार गरी चिकित्सा शिक्षाको सुधार गर्नुको सट्टा राज्यद्वारा नै अराजक व्यवहार गरिएको भनिएको छ ।

‘ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटा भन्दा मेडिकल कलेजलाई एमबिबिएस अध्ययन गराउन नपाउने व्यवस्था छ। उक्त ऐनको उपेक्षा गर्दै काठमाठौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी, एवं गैरजिम्मेवार कार्य गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

उपकुलपतिहरूले समय छँदै उक्त गल्ती सुधारेर आफूबाट अपराधपूर्ण कार्य हुनुबाट जोगिएर प्राज्ञिक मर्यादाको पालना गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सोही मेडिकल कलेजको क्यान्सर अस्पताल उद्घाटन गरेका थिए । उनले उद्घाटनका क्रममा काठमाडौं विश्वविद्यालबाट सम्बधन दिने पनि बताएका थिए ।

प्रधानमन्त्रीको दबाबमा विश्वविद्यालयले केही दिनअघि उक्त विवादित कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  ७ : २२ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको