इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण « Khabarhub

इलाम नगरपालिकामा भोलिदेखि राष्ट्रिय परिचयपत्र वितरण


१९ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम नगरपालिकाका १२ वडामा बिहीबारदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरू हुने भएको छ ।

राष्ट्रिय परिचय पत्र वितरणको काम इलाम जिल्लामा इलाम नगरपालिकाबाट शुरू हुने भएको हो । नगरका सबै १२ वडामा राष्ट्रिय परिचयपत्रका वितरण गर्न फोटो खिच्नका लागि आवश्यक तयारी सकिएको इलाम नगरपालिकाले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ बमोजिम नागरिकता प्राप्त व्यक्तिलाई राष्ट्रिय परिचय पत्र दिइनेछ ।

एक दिनमा एक सय २० जनासम्मको फोटो खिच्ने र विवरण लिइने इलाम नगरपालिकाका प्रवक्ता ठाकूरनारायण श्रेष्ठले बताए ।

फोटो खिच्नका लागि नागरिकता सक्कलै, विवाहित महिलाको हकमा माइतीकै थर, ठेगानाबाट नागरिकता लिएको भए विवाह दर्ता, बसाईं सरी आउनेले बसाईं सराईको प्रमाण पत्र साथमा लिएर सम्बन्धित वडा कार्यालयमा जानका लागि वडा कार्यालयहरूले सूचना जारी गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७७, बुधबार  १० : ३७ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी