म्यानमारबाट आएका शरणार्थीलाई भारतले खाना र औषधि दिने « Khabarhub

म्यानमारबाट आएका शरणार्थीलाई भारतले खाना र औषधि दिने


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधि उपचारको व्यवस्था गर्न तयार रहेको भारतले जनाएको छ ।

भारतका गृहमन्त्री अमित शाहले आफूहरु म्यानमारबाट आएका शरणार्थीहरुलाई खाना र औषधिको व्यवस्था गर्न तयार रहेको तर अवैध घुसपैठलाई भने प्रोत्साहित गर्न नसक्ने बताएका छन् ।

म्यानमारमा दैनिकजसो हिंसात्मक प्रदर्शन भएसँगै त्यहाँका नागरिकहरु अवैध रुपमा भारत प्रवेश गरिरहेको भन्दै उनले अवैध प्रवेशलाई रोक्नुपर्ने तर भारत आएकाहरुलाई आवश्यक व्यवस्थापन गर्न आफूहरु तयार रहेको बताए ।

म्यानमारबाट आएका नागरिकहरुलाई खाना र स्वास्थ्यको समस्या भएको छ भने उनीहरुलाई शिविर स्थापना गर्न र आवश्यक सहयोग गर्न तयार रहेको गृहमन्त्री शाहको भनाइ छ । तर म्यानमारबाट अवैध घुसपैठ बढाउन भने भारत सरकार तयार नरहेको उनले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ३५ बजे

आज २०८३ साल भदौ ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय