किसानलाई चैते धान रोप्न चटारो « Khabarhub

किसानलाई चैते धान रोप्न चटारो


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– चैत महीना शुरु भएसँगै जिल्लाका किसानलाई चैते धान रोप्न चटारो छ । तनहुँका विभिन्न भागमा यतिबेला किसान चैते धान रोप्न व्यस्त छन् । व्यास नगरपालिका–११ पोल्याङका राजेन्द्र पौडेलले आफूले चैते धान रोपिसकेको जानकारी दिए ।

मुख्य पेशा नै कृषि भएकाले वर्षौंदेखि धान रोप्दै आएको उनले बताए । तरकारीखेती, भैँसीपालन, मौरीपालन गरेका उनले भने, “अहिलेसम्म चामल किन्नुपरेको छैन, धान नरोप्ने हो भने त समस्या पर्छ ।” उनका अनुसार पोल्याङका धान फाँटमा चैते धान रोपाइँ सम्पन्न भएको छ ।

म्याग्दे गाउँपालिकाका किसान पनि यतिबेला चैते धान रोप्न व्यस्त छन् । वडा नं –३ धयरेका रामबहादुर थापाले चैते शुरु भएसँगै यहाँका किसान धान रोप्न व्यस्त रहेको बताए ।

“धयरेका फाँट यतिबेला किसानले भरिएका छन्, किसान धान रोप्न व्यस्त छन्,” उनले भने ।

वर्षभरीलाई खान पुग्ने अन्नबालीको जोहो गर्न पनि धान रोप्नुपर्ने बाध्यता रहेको म्याग्दे–४ का चन्द्रबहादुर रानाले बताए ।

किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । किसानले कृषि उपकरणको अभावमा समस्या खेप्नुपरेको बताएका छन् ।

म्याग्दे–१ गुणादीका लक्ष्मी रानाले गोरुले जोतेर खेत रोप्दा महङ्गो पर्ने गरेको बताए ।

जिल्लाको १६ हजार हेक्टर क्षेत्रफलमा वर्षे तथा तीन हजार ५०० हेक्टरमा चैते धानखेती हुने गरेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेलगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । किसानले सावित्री, मकवानपुरेलगायत उन्नत जातका धानखेती लगाउने गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  २ : ५० बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा