उपभोक्ता ठग्ने राजेश हार्डवेयरको बालाजु शाखामा शिलबन्दी « Khabarhub

उपभोक्ता ठग्ने राजेश हार्डवेयरको बालाजु शाखामा शिलबन्दी


२१ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका –१६, बालाजुस्थित राजेश हार्डवेयरमा शिलबन्दी गरेको छ ।

उपभोक्ताको गुनासोका आधारमा विभागले गरेको प्रारम्भिक अध्ययनमा उक्त हार्डवेयरले बिलमा उल्लेखित परिणाम भन्दा कम डण्डीलगायत फलामजन्य सामग्रीको बिक्री गरेको भेटिएको हुँदा ती वस्तु नियन्त्रणमा लिई शिलबन्द गरी बिक्री वितरणमा रोक लगाइएको विभागका प्रवक्ता निर्देशक शिवराज सेडाईले जानकारी दिए ।

विभागले २४ घण्टाभित्र कागजातसहित विभागमा उपस्थित हुन हार्डवेयरका सञ्चालक सागरम अग्रवाललाई निर्देशन दिएको छ ।

राजेश हार्डवेयरको बालाजु शाखाका प्रमुख कमल शर्मालाई भने प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धानपछि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने निर्देशक सेडाईले बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ६ : ५७ बजे

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ नियुक्त

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन

सुनसरीका चारैजना उम्मेदवारसँग छलफलमा बालेन  

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले सुनसरीका

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार