पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित) « Khabarhub

पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा (सूचीसहित)


२० बैशाख २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

गृह मन्त्रालयको विवरण अनुसार पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेधाज्ञा लागू गरिएको छ । मन्त्रालयका अनुसार सोमबार महोत्तरी, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा जारी गर्ने निर्णय जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले गरेका छन्।

योसँगै निषेधाज्ञ लागू गरिएका जिल्लाको संख्या ४५ पुगेको हो । महोत्तरीमा २२ गते बुधबार साँझ ६ बजेदेखि ३१ गते राती १२ बजेसम्म, डोल्पा र डोटीमा भोलि मंगलबार राति १२ बजेदेखि ३१ गते राती १२ बजेसम्म र नवलपरासी पूर्वमा पनि भोलि २१ गते मंगलबार राती १२ बजेदेखि जेठ ४ गते राती १२ बजेसम्म लागू हुनेछ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार अहिलेसम्म ४५ जिल्लामा निषेधाज्ञा जारी भएकोमध्ये ९ जिल्लामा मात्र आंशिक, बाँकी ३६ जिल्लामा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ ।

गत १३ वैशाखको मन्त्रीपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो ।

हाल नेपालका ३३ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ ।

जसमध्ये १२ जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य २१ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।

यसैगरी १९ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, रौतहट, महोत्तरी, मकवानपुर, काभ्रे, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), बाग्लुङ, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी पश्चिम, अर्घाखाँची, कञ्चनपुर र बैतडी रहेका छन् ।

यस्तो छ सूची

 

 

 

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ८ : २७ बजे

दाङ-१ मा रास्वपाका देवराज पाठक विजयी, कांग्रेसका सहमहामन्त्री चौधरी पराजित

काठमाडौं – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत दाङ–१ मा राष्ट्रिय

लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

अबुधाबी – लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका

ऋषि धमलाले भने : परिणाम जे भए पनि रौतहटका जनतासँगको सम्बन्ध समाप्त हुने छैन

काठमाडौं – आम जनता पाटीका नेता ऋषि धमलाले रौतहट–४ बाट

मध्यपूर्व तनाव चर्कियो, अमेरिकी राष्ट्रपतिद्वारा इरानमाथि आक्रमणको चेतावनी

वासिङटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमाथि ‘धेरै कडा’

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार