जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित | Khabarhub Khabarhub

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ ।

आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले गत वैशाख २८ गतेदेखि शुरु गरेको गौरीगाई गणना जङ्गली हात्तीको अवरोधका कारण स्थगन गरिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार गणना अन्तिम चरणमा पुगेको बेला जङ्गली हात्तीले अवरोध पुर्‍याएको हो ।

“निकुञ्जमा गौरीगाई पाइने क्षेत्रलाई १४ वटा ब्लकमा विभाजन गरेर गणना भइरहेको थियो”, अधिकारीले भने, “१२ वटा ब्लक सकाएर अन्तिमको दुई वटा गणना गर्ने बेलामा जङ्गली हात्तीले अवरोध गरेपछि गणना स्थगन गरिएको छ ।” गौरी गाई गणना कहिलेदेखि पुनः शुरु गर्ने भन्नेबारे यकिन नभएको अधिकारीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत सङ्कटापन्न अवस्थाको जङ्गली गाई (गौरीगाई)को निकुञ्जले पाँच वर्षपछि गणना थालेको थियो ।

गौरीगाईको पछिल्लो अवस्थाका बारेमा जानकारी लिने उद्देश्यका साथ आन्तरिक अनुगमन तथा गणनाका लागि निकुञ्जका २२ वटा हात्ती र ६० जनशक्ति परिचालन गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जको गौरी पाइने सम्भावित चुरे, भावर र नदी तटीय क्षेत्रमा सालको वनसँग जोडिएका घाँसे मैदानलाई १४ वटा ब्लकमा विभाजन गरी प्रत्यक्ष अवलोकन विधिबाट गणना शुरु भएको थियो ।

सन् २०१६ को गणनाअनुसार नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा गरी ४७३ गौरीगाई रहेकामा चितवनमा ३६८ पाइएको थियो ।

सन् १९५० को दशकमा नेपालको पूर्वी क्षेत्र उदयपुर तथा कोशी टप्पु क्षेत्रमा प्रशस्त पाइने गौरीगाई पछिल्ला दिनमा देखिन छाडेका छन् । सन् २०११ को गणनामा ३१२ वटा गौरीगाई रेकर्ड भएका थिए ।

नेपाल र भारतसमेत दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका ११ देशमा तीन उपप्रजातिका गौरीगाई पाइने गरेको छ । विशेषगरी सुक्खा भागमा बस्न रुचाउने गौरीगाईको सरदर आयु २० देखि ३० वर्ष हुने गरेको छ । ठूलो झुण्डमा बस्न रुचाउने यो वन्यजन्तु कहिलेकाहीँ बाघको शिकारमा पनि पर्ने गरेको छ ।

भाले गौरीगाई ६०० देखि १००० किलोग्रामसम्म हुन्छ । प्रायः जसो एउटा हुलमा आठदेखि ११ वटाको सङ्ख्यामा गौरीगाई रहने गरेको निकुञ्जले जनाएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ९ : ४५ बजे

सडक निर्माण अलपत्र हुँदा असन क्षेत्र अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– ढुङ्गा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि काठमाडौंको

भटौली खोलाको बाढीले पक्की पुलमा क्षति, सवारी आवागमन बन्द

रामेछाप– रामेछापको भटौली खोलामा रहेको पक्की पुलमा बाढीले क्षति गरेपछि

फैसला कार्यान्वयनमा सक्रियता बढाउँदै चितवन प्रहरी

चितवन– विभिन्न आपराधिक कार्यमा संलग्न रहेर फरार भएका एक हजार

म्याग्दीका करिब नौ सय घरमा विद्युत् सुविधा विस्तार

म्याग्दी– म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा करिब नौ सय घरपरिवारमा

कालीगण्डकीको बहाव यस वर्षकै उच्च, शालिग्राम शिला डुबानमा

पर्वत– लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको