स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार « Khabarhub

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् ।

बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ ।

सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।

जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेशनमा केन्द्रमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताए । उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताए ।

स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको सङ्ख्या न्यून भएपछि टोली गाउँमा पुगेको उनले बताए ।

गाउँमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट–५ का जनकबहादुर शाहीले बताए ।

गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा थिए । उनले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए ।

स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झण्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ  । तीमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३६ होमआइसोलेशन र ३५ संस्थागत आइसोलेशनमा छन । एघार जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन ।

डोल्पाको ठुलीभेरी नगरपालिकाले घरघरमा कोरोना जाँच गर्न थालेको छ । नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखलाई बुधबार र बिहीबार तालिम दिएर घरघरमा पठाई कोरोना जाँच गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए ।

सङ्क्रमण हुने डरले स्वास्थ्य संस्थामा सर्वसाधारण आउन नमानेपछि घरघरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायले बताए ।

दुई दिनको तालिम दिएर सबै स्वास्थ्यकर्मीलाई कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

उनका अनुसार घरघरमा गएर बिरामीको उपचार तथा ज्येष्ठ नागरिकलाई विशेष सेवा दिन लागिएको छ । बिरामीको प्रकृतिअनुसार बाहिर उपचार गर्न सिफारिससमेत गर्ने व्यवस्था मिलाइएको छ । बिरामी सबैको उपचार नगरपालिकाले बेहोर्ने नगरप्रमुख शाहीले जानकारी दिए ।

उनले भने, “दश/दश शय्याको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अब हाम्रो ध्यान त्यतातिर केन्द्रीत छ ।”

यी आइसोलेशन केन्द्रमा बिरामीको अवस्था हेरेर ल्याई उपचार गर्ने व्यवस्था नगरले गरेको । त्यस्तै सबै पालिका मिलेर दुनैमा १५ शय्याको आइसोलेशन केन्द्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा