स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार « Khabarhub

स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट- स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन् ।

बारेकोट गाउँपालिकाले कोरोना सङ्क्रमित खोज्न र कोरोनाबाट बच्न सचेतना जगाउँदै स्वास्थ्यकर्मीको टोलीसहित घरदैलोमा हिँडेको बताएको छ ।

सबै वडाका टोलटोलमा सङ्क्रमित खोज्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

पालिकाको वडा नम्बर १, ६, ७, ८ र ९ का घरघरमा पुगेर उपचार भइसकेको र अन्य वडामा घरदैलो जारी रहेको छ । शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षणका साथै सचेतनाका काम पनि भइरहेको छ ।

जटिल समस्या देखिएकालाई गाउँपालिकाको आइसोलेशनमा केन्द्रमा रेफर गरेर उपचार कार्य जारी रहेको अध्यक्ष शाहले बताए । उनले अन्य रोगका बिरामीलाई पनि स्वास्थ्यकर्मीले घरमै पुगेर उपचार गरिरहेको बताए ।

स्वास्थ्यकर्मीको टोली औषधि, उपकरण र विभिन्न स्वास्थ्य सामग्रीसहित गाउँमा रहेको छ । गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढे पनि स्वास्थ्यचौकीमा कोरोना परीक्षण गराउन आउनेको सङ्ख्या न्यून भएपछि टोली गाउँमा पुगेको उनले बताए ।

गाउँमा कोरोना सङ्क्रमितलाई हेर्ने दृष्टिकोण फरक भएकाले अधिकांश बिरामीले स्वास्थ्य परीक्षण नगराएको बारेकाट–५ का जनकबहादुर शाहीले बताए ।

गाउँपालिकाको टोली नखटिँदासम्म अधिकांश बिरामी घरेलु उपचार र धामीझाँक्रीकै भरमा थिए । उनले जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी गाउँमा खटिएपछि अन्य रोगका बिरामीले पनि उपचार पाएको बताए ।

स्वास्थ्य शाखाका प्रमुख वीरराज सिंहका अनुसार घरदैलोका क्रममा झण्डै २०० जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ  । तीमध्ये ७१ जनामा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये ३६ होमआइसोलेशन र ३५ संस्थागत आइसोलेशनमा छन । एघार जनाको लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बारेकोटमा सोमबारसम्म ३० जनाले कोरोना जितेका छन ।

डोल्पाको ठुलीभेरी नगरपालिकाले घरघरमा कोरोना जाँच गर्न थालेको छ । नगरपालिकाभित्रका १० वटा स्वास्थ्य संस्थाका प्रमुखलाई बुधबार र बिहीबार तालिम दिएर घरघरमा पठाई कोरोना जाँच गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत दिलप्रसाद रोकायले जानकारी दिए ।

सङ्क्रमण हुने डरले स्वास्थ्य संस्थामा सर्वसाधारण आउन नमानेपछि घरघरमा गएर जाँच गर्न लागिएको अधिकृत रोकायले बताए ।

दुई दिनको तालिम दिएर सबै स्वास्थ्यकर्मीलाई कोरोनाको सचेतनामूलक कार्यक्रममा सहभागी गराउनुका साथै परीक्षण कार्यमा खटाउन लागिएका नगरप्रमुख गणेशबहादुर शाहीले बताए ।

उनका अनुसार घरघरमा गएर बिरामीको उपचार तथा ज्येष्ठ नागरिकलाई विशेष सेवा दिन लागिएको छ । बिरामीको प्रकृतिअनुसार बाहिर उपचार गर्न सिफारिससमेत गर्ने व्यवस्था मिलाइएको छ । बिरामी सबैको उपचार नगरपालिकाले बेहोर्ने नगरप्रमुख शाहीले जानकारी दिए ।

उनले भने, “दश/दश शय्याको आइसोलेशन जुफाल र दुनैमा नगरले स्थापना गरेको छ । जनता जोगाएमा मात्र खास सेवा हुने भएकोले अब हाम्रो ध्यान त्यतातिर केन्द्रीत छ ।”

यी आइसोलेशन केन्द्रमा बिरामीको अवस्था हेरेर ल्याई उपचार गर्ने व्यवस्था नगरले गरेको । त्यस्तै सबै पालिका मिलेर दुनैमा १५ शय्याको आइसोलेशन केन्द्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ३० बजे

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा