तीन देशमा आजदेखि उडान, यस्तो छ उडान तालिका « Khabarhub

तीन देशमा आजदेखि उडान, यस्तो छ उडान तालिका


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ महामारी नियन्त्रण गर्न सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। बन्दकै बीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीमा विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी विशेष उडान तालिका बनाएको छ ।

प्राधिकरणले जारी गरेको विशेष उडान तालिका अनुसार तीन देशमा सातामा पाँच उडान हुनेछन्। नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इन्डियाले उडान गर्ने प्राधिकरणका उडान अनुमति शाखाका उप-प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए ।

नेपाल-टर्की उडान आजदेखि सञ्चालन भएको छ । आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौँ आउनेछ। त्यस्तै, आजै राति ११ : ०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल-कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौँबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।

२४ जेठबाटै कतार एयरवेजको जहाजले दोहा-काठमाडौँ उडान गर्ने भएको छ। कतार एयरवेजको हरेक सोमबार दोहा-काठमाडौँ-दोहा उडान तालिका निर्धारण गरिएको छ।

यसैगरी नेपाल एयरलाइन्सले हरेक बुधबार काठमाडौँ-दिल्ली-काठमाडौँ उडान गर्ने भएको छ। त्यस्तै, भारतको एयर इन्डियाले हरेक शुक्रबार दिल्ली-काठमाडौँ-दिल्ली उडान गर्ने तालिका तय गरिएको प्राधिरकणले जनाएको छ।

उडान तालिका हेर्नुहोस्

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १ : ३९ बजे

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,

पेरिसमा दिनेश अधिकारीको ‘एकल काव्य साँझ’

काठमाडौँ– फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली भाषा