तीन देशमा आजदेखि उडान, यस्तो छ उडान तालिका | Khabarhub Khabarhub

तीन देशमा आजदेखि उडान, यस्तो छ उडान तालिका


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड-१९ महामारी नियन्त्रण गर्न सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ। बन्दकै बीचमा तीन देशमा भने आजदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को १३ जेठको बैठकले भारत, कतार र टर्कीमा विशेष उडान गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि लागू हुने गरी विशेष उडान तालिका बनाएको छ ।

प्राधिकरणले जारी गरेको विशेष उडान तालिका अनुसार तीन देशमा सातामा पाँच उडान हुनेछन्। नेपाल एयरलाइन्स, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इन्डियाले उडान गर्ने प्राधिकरणका उडान अनुमति शाखाका उप-प्रबन्धक ज्ञानेन्द्र भुलले जानकारी दिए ।

नेपाल-टर्की उडान आजदेखि सञ्चालन भएको छ । आज टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौँ आउनेछ। त्यस्तै, आजै राति ११ : ०५ बजे इस्तानबुल फर्किनेछ। हरेक बिहीबार इस्तानबुल-काठमाडौं-इस्तानबुल उडान हुने प्राधिकरणले जनाएको छ।

त्यस्तै, २४ जेठबाट हरेक सोमबार नेपाल-कतार उडान हुने भएको छ। नेपाल एयरलाइन्सले काठमाडौँबाट दोहाका लागि उडान गर्ने तालिका रहेको छ। हरेक सोमबार नेपाल एयरलाइन्सको जहाजको काठमाडौं-दोहा-काठमाडौं उडान तालिका रहेको छ।

२४ जेठबाटै कतार एयरवेजको जहाजले दोहा-काठमाडौँ उडान गर्ने भएको छ। कतार एयरवेजको हरेक सोमबार दोहा-काठमाडौँ-दोहा उडान तालिका निर्धारण गरिएको छ।

यसैगरी नेपाल एयरलाइन्सले हरेक बुधबार काठमाडौँ-दिल्ली-काठमाडौँ उडान गर्ने भएको छ। त्यस्तै, भारतको एयर इन्डियाले हरेक शुक्रबार दिल्ली-काठमाडौँ-दिल्ली उडान गर्ने तालिका तय गरिएको प्राधिरकणले जनाएको छ।

उडान तालिका हेर्नुहोस्

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १ : ३९ बजे

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण

पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जनाको मृत्यु

पर्सा – पर्सामा झाडापखालाको लक्षण देखापरेका दुई जना बिरामीको मृत्यु