एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित « Khabarhub

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

अर्को बैठक परिस्थिति हेरेर बोलाइने


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

अर्को बैठक परिस्थिति हेरेर सूचित गरिने जनाइएको छ ।

यसअघि बुधबारलाई बोलाइएको बैठक आज ४ बजे बस्नेगरी स्थगित भएको थियो । पार्टी एकतालाई मुर्तरुप दिन माधव नेपाल पक्षसँग वार्ता जारी रहेकाले हिजो स्थगित भएको बैठक आज नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि स्थगित गरिएको छ ।

आजै एमालेले पार्टीले कारवाही गरिसकेका व्यक्तिले बोलाएको अनधिकृत बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई चेतावनी समेत दिएको थियो ।

पार्टीबाट निष्कान गरिएका माधव कुमार नेपाल पक्षधरले केन्द्रीय कमिटी बैठक डाकेपछि एक वक्तव्य जारी गर्दै कार्यालय सचिव शेरबहादुर तामाङले अवैध बैठकमा संलग्न नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएका छन् ।

पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको भन्दै उनले निन्दा र भर्त्सना गरेको जनाएका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  २ : ३९ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज