‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु « Khabarhub

‘कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ’ अभियान शुरु


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– कोभिड–१९ को महामारीबाट जोगाउन भक्तपुरका विभिन्न संस्था सक्रिय भएका छन् । कोभिड सङ्क्रमणको दोस्रो लहर रोकथाम र नियन्त्रणमा सरकार लागिरहेका बेला भक्तपुर चेम्बर अफ कमर्स र भक्तपुर लायन्स सेवा समन्वय समितिको संयोजनमा ११ संस्थाले संयुक्तरूपमा कोभिड–१९ नियन्त्रण अभियान नै चलाएका छन् ।

‘सेवा परमो धर्म’ले कोभिडसँग लड्छौँ, हामी सेवा दिन्छौँ भन्ने नारा दिएर कोभिडलाई परास्त गर्ने अभियान शुरु गरेको नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य रोशन भोयद्योले बताए । कोभिड सङ्क्रमितको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्य परिचारिकाका लागि विशेष किसिमको क्वारेन्टिन सेन्टर सञ्चालनमा ल्याइएको र त्यसमा अक्सिजनको समेत व्यवस्था गर्न लागिएको उनले बताए ।

चाँगुनारायण नगरपालिकाद्वारा सञ्चालित कोभिड–१९ आइसोलेशन सेन्टर चाँगुनारायण इञ्जीनियर कलेज नेकसँग सहकार्य गर्दै आइसोलेशन सेन्टरलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्थापन गरिएको भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष न्हुछेरत्न मानन्धरले जानकारी दिए ।

परमो धर्म अभियानले जेठको पहिलो सातादेखि कोभिडका बिरामीका लागि २४ घण्टा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको र सेवा चाहिएमा हटलाइन नं ९८६१७५६४६१ सम्पर्क गर्न उनले आह्वान गरे । उनले मनोचिकित्सक डा कञ्चन दाहाल र वरिष्ठ कार्डियोलोजिष्ट डा सञ्जय श्रेष्ठसँग स्वास्थ्य परामर्शका लागि भर्अुअल परामर्श सेवा शुरु गरिएको बताए ।

भक्तपुर नगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्टलाई रु तीन लाख सहयोग गरेको मानन्धरले जानकारी दिए । केही दिनमा चिकित्सक, स्वास्थ्यकर्मीलगायतको टोलीलाई घरघरमा गएर पिसिआर परीक्षण, रगत जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन ‘डोर टु डोर हेल्थ सर्भिस’ले सेवा दिइने जानकारी दिए ।

प्याब्सन, विद्युतीय सामग्री व्यवसायी सङ्घ, डक्टर्स सोसाइटी, नेपाल नर्सिङ सङ्घ, सिबीआर, भक्तपुर हार्ट एण्ड डायबेटिज सेन्टर, निरोग मेडिकल केयर एट होम, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिङ सङ्घ र त्रिनेत्र बचत तथा ऋण सहकारी संस्थाले अभियानमा सहकार्य गरेका छन् ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  ४ : ३० बजे

बढ्दो विदेशी मुद्रा सञ्चिति : अनुत्पादक बोझ कि समृद्धिको अवसर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा देश आर्थिक रूपमा निकै

म्यान्मामा पाँच वर्षपछि आम चुनाव

याङ्गुन- म्यान्मामा आइतबार पाँच वर्षपछि पहिलो पटक आम निर्वाचनको पहिलो

आठौँ बागलुङ महोत्सव सुरु

गलकोट– आठौँ बागलुङ महोत्सव आजदेखि सुरु भएको छ । बागलुङ

गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट

राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्धारित मितिमै प्रतिनिधिसभा