सुदूरपश्चिममा संक्रमित भन्दा निको हुने धेरै « Khabarhub

सुदूरपश्चिममा संक्रमित भन्दा निको हुने धेरै


२० जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अबधिमा एक हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकका सङख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४हजार ६३२जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।

प्रदेशका विभिन्न १२अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३पुगेको छ ।

दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ ।

प्रकाशित मिति : २० जेठ २०७८, बिहीबार  १० : ४५ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको