पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु


१९ असार २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. ग्रेटवालको करामत

ग्रेटवाल करिब ६,४०० कि.मि. लामो छ । यसमा जति पनि ढुङ्गाहरु प्रयोग भएको छ ती सबैलाई मिलाएर एउटा Wall बनाउने हो भने ८ फिट अग्लो ३ फिट चौडा बराबरको Wall पृथ्वीको भूमध्य रेखावरिपरि पुग्ने गरी बनिन सक्छ ।

२. इटालियन अविभावक

नेपोलियन बोनापार्ट फ्रान्सका विश्व प्रसिद्ध योद्धा भए पनि उनको जन्म फ्रान्समा भएको थिएन । उनको जन्म त भूमध्य सागरमा पर्ने कोर्सिका नामक टापुमा भएको थियो । उनका अविभावक इटालियन मूलका थिए ।

३. ढिलो ग्रह

शुक्र ग्रह सबैभन्दा ढिलो घुम्ने गर्छ । पृथ्वीलाई आफ्नो कक्षमा घुमिसक्न २४ घण्टा लाग्छ भने शुक्रलाई २४३ दिन लाग्ने गर्छ ।

४. सात पाप र सद्गुणहरु

सन् ६०० सालतिर पोप ग्रेगोरी प्रथमले सात पापहरु तयार पारेका थिए । ती हुन्ः कामवासना, खन्चुवापन, इर्ष्या, क्रोध, अल्छीपन र लोभ । साथै सात सद्गुणहरु पनि तयार पारेका थिए । ती हुन्ः विश्वास, आशा, न्याय, करुणा, दक्षता, संयम र धैर्यता ।

५. नक्कली केस

बेलायतकी महारानी एलिजाबेथ प्रथमको नक्कली केशका लठ्ठाहरु ८० वटा भन्दा बढी थिए ।

साभार : ‘रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु’ पुस्तकबाट

 

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ५ : ०५ बजे

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा